१ भाद्र २०८३, सोमबार
,
Latest
बाढी पहिरोको जोखिम कम गर्न सांसदहरूले गराए सरकारको ध्यानाकर्षण प्रशारण लाइनको अभावमा ऊर्जा खेर जाने अवस्थाको अन्त्य हुनुपर्दछः सचिव दवाडी बंगलादेशका फोटो पत्रकारलाई पोखरा महानगरका मेयर आचार्यद्वारा स्वागत तथा बिदाइ रास्वपाको दोस्रो केन्द्रीय समिति बैठक भदौ ५ मा, पदाधिकारी मनोनयन गरिने संसदमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको निर्देशन स्याङ्जामा झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती बर्दियामा बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा १९ वर्षीय छोरा पक्राउ किशोर श्रेष्ठलाई थप ४ दिन थुनामा राख्न अदालतको अनुमति कवि दुर्गालाल श्रेष्ठको निधन स–साना नदीहरुको बहाव बढ्ने हुँदा सतर्कता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान र व्यवस्था बचाउनको लागि यो सरकार सफलः सोम पाण्डे



अ+ अ-

काठमाडौं । सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) का नेता तथा सांसद सोमप्रसाद पाण्डेले वर्तमान सरकारले संविधान बचानको लागि महत्वपूर्ण भूमिका खेलेको दाबी गरेका छन् । 

देउवा प्रधानमन्त्री भएको ६ महिना पुगेको अवसरमा आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले भने,‘पहिलो कुरा त संविधान बचाउनको लागि यो सरकार र पाँच दलीय गठबन्धन सफल भयो । बलिदानीपूर्ण संघर्षबाट ल्याएको व्यवस्था र संविधान बचाउन सरकार ससफल भएको छ, यो कुरा दुनियाँलाई थाहा छ । यो गठबन्धन बाध्यतावश बनेको हो । संविधान नै समाप्त हुने अवस्थामा, व्यवस्थापनि के हुने हो भनेर मान्छेले चिन्ता गर्ने अवस्थामा, त्यो बचाउनको लागि यो गठबन्धन बनेको हो । यो कुरा सबै जनतालाई थाहा छ ।’

उनले पाँच दलीय गठबन्धन बन्नु बाध्यता रहेको पनि उल्लेख गरे । उनले भने,‘यो सरकार आएपछि संविधान बचेको छ । दुई तिहाई प्राप्त नेकपाको सरकार बहिर्गमन भयो । संविधानमै नभएको अधिकार प्रयोग गरेर संसद् विघटन गरियो । प्रदेश सरकार छिन्नभिन्न र लथालिङ भयो । कसको कारण यो हुन गयो रु यो कुरा छर्लङ भएको छ, म नाम लिन चाहन्नँ । मुख्य कुरा त देशको बागडोर सम्हाल्नेले नै यो सबै बिगारे ।’

उनले अहिले सदनमा अवरोध कायम रहेकोबारे पनि आक्रोश पोखे । पाण्डेले भने–‘बिना ईस्युमा सदन अवरोध छ । बालहठको लागि एमालेले अवरोध गर्यो । संवैधानिक व्यवस्था बचाउने काम यो सरकारले गरेको छ । संसद् अवरोध गरेर कसैले जितेको छैन् । संसद् खुल्नुपर्छ ।’

माधव नेपालगायत १४ जना सांसदको कारबाहीको विषय उठाएर एमालेले बालहठ देखाएको पनि उनको आरोप छ । उक्त विषय अहिले अदालतमा रहेको सुनाउँदै उनले एमालेले यो विषयमा संसद् अवरोध गर्नु गलत रहेको टिप्प्णी गरे ।