२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्लोबल आइएमई बैंकले महिलालाई १० करोड रुपैयाँसम्मको कर्जा दिने



अ+ अ-

काठमाडौं: ग्लोबल आइएमई बैंक लिमिटेडले साना तथा मझौला उद्यमी लक्षित ग्लोबल म उद्यमी कर्जा सार्वजनीक गरेको छ ।

महिला उद्यमीहरुलाई वित्तीय सहजीकरण गर्ने उद्देश्य सहित रोजगारीको विकास, सामाजिक विकास र स्थानिय समुदायहरुमा आर्थिक सशक्तिकरणमा सहयोग पुग्ने गरी बैंकले उक्त कर्जा ल्याएको हो ।

यस योजनाले महिलाहरुलाई उद्यमी भई व्यवसाय संचालन गर्न प्रोत्साहित गर्ने बताइएको छ । महिलाहरुले नेतृत्व गरेको कृषि, उत्पादन, प्रसोधन तथा बजारीकरण क्षेत्रको घरेलु, साना तथा मझौला उद्योगलाई बैंकले विशेष प्रथमिकता दिइ कर्जा प्रदान गर्नेछ ।

यस योजना अन्तर्गत आकर्षक सुबिधाहरु सहित न्यूनतम् ब्याजदरमा महिला उद्यमीहरुलाई १० करोड रुपैयाँसम्मको कर्जा प्रदान गर्दछ । महिलाहरुको कम्तीमा ५० प्रतिशत स्वामित्व भई उनिहरुकै नेतृत्वमा व्यवसाय संचालन भएका व्यवसायहरु मात्र यस कर्जाका लागी योग्य हुने बताइएको । यो कर्जा योजना अन्तर्गत ग्लोबल म उद्यमी कर्जा लिंदा बैंकले उद्यमी डिजिटल उपहार प्रदान गर्नेछ ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित भइसकेको बैंक हो । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५५ शाखा कार्यालय, ३८५ एटिएम, २३७ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।