१ असार २०८३, सोमबार
,
Latest
सुस्तामा सीमा सुरक्षाका लागि सरकारले तत्काल सशष्त्र प्रहरीको स्थायी क्याम्पको व्यवस्था गर्नुपर्दछः सचेतक मेचे सङ्घीय निजामती ऐन तत्काल जारी गर्न लोक सेवा आयोगको आग्रह, एकल विश्वविद्यालय सेवा आयोग बनाउन… १८ दिन बितिसक्दा समेत मन्त्रालयगत बजेट विवरण सार्वजनिक नगरिएको भन्दै नेकपाले उठायो सरकारको पारदर्शितामाथि प्रश्न काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०८३\०८४ का लागि नीति तथा कार्यक्रम पारित भारतसँग देखिएको चिया निर्यात सम्बन्धि समस्या सरकारले तत्काल सम्बोधन गरोस्ः जयन्तिदेवी राई केन्द्रीय कानुन पुस्तकालय खारेज नगर्न बारको आग्रह शिक्षक सरुवासम्बन्धी नयाँ निर्देशन जारी, पदपूर्ति र बढुवा प्रक्रियामा कडाइ खर्च कटौतीका एक दर्जन प्रस्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न अपि हिमालको काखमा क्रिकेटः ‘खेलबाट खुल्दै पर्यटनको नयाँ ढोका’ गोकर्णेश्वरवासीलाई केएमसीमा उपचार गर्दा ५० प्रतिशतसम्म छुट
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवैध आप्रवासन रोक्न प्रतिबद्ध: अमेरिकी दूतावासको सन्देश नेपालीलाई सतर्क रहन आग्रह



अ+ अ-

काठमाडौं। नेपालका लागि अमेरिकी राजदूतावासले अवैध आप्रवासनको जोखिमबारे चेतावनी दिँदै नेपाली नागरिकलाई सतर्क रहन आह्वान गरेको छ।

शुक्रवार राजदूतावासद्धारा प्रकाशित एक सूचनामा अमेरिकी विदेशमन्त्री मार्को रुबियोलाई उद्धृत गर्दै भनिएको छ “अवैध आप्रवासन रोक्न र अमेरिकाको सीमा सुरक्षालाई बलियो बनाउन हाम्रो प्रतिबद्धता अटल छौ ।”

अमेरिकाबाट निस्कासनमा परेका १० नेपालीहरुलाई विहीवार काठमाडौं ल्याएर बुझाएको भोलिपल्ट राजदूताबासले सूचना जारी गरेको छ । राजदूतावासका अनुसार धेरै नेपालीहरूले अमेरिकामा बस्न र काम गर्न सपना देख्छन्, तर केही एजेन्टहरूको झूटा आश्वासनमा पर्न जाँदा उनीहरूले जीवन र पैसा जोखिममा पार्ने गरेका छन्।

हरेक वर्ष, धेरैले रोजगारीका अवसरहरू र भिसाको झूटा वाचा गर्ने एजेन्टहरूलाई विश्वास गरेर आफ्नो जीवन र बचत (पैसा) जोखिममा पार्छन्’ दुताबासले भनेको छ, ‘धेरैले बाटोमा नजरबन्द, निर्वासन, आपराधिक दण्ड, वा जीवनका धम्कीपूर्ण जोखिमहरूको सामना गर्छन्। आफूलाई र आफ्ना प्रियजनहरूलाई सुरक्षित राख्नुहोस् । जोखिम नलिनुहोस्’।




भर्खरै