८ भाद्र २०८३, सोमबार
,
Latest
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै स्वर्णिम जयन्ती मनाउँदै आजदेखि भृकुटीमण्डपमा सुरु हुँदैछ ‘नाडा अटाे साे २०२६’, यस्ताे छ मेलाकाे इतिहास ‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’ लुम्बिनीमा मन्त्रिपरिषद् पुनःगठनको सिफारिस सङ्घीयता सफल बनाउन प्रदेश र स्थानीय तहबीचको सहकार्यमा जोड गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँके सेवा समाजद्वारा दोहामा रक्तदान कार्यक्रम



अ+ अ-

बाँके। बाँकेबाट कामको सिलसिलामा कतार पुगेकाहरूले त्यहाँ रहेका नेपालीलाई अप्ठेरो पर्दा उपचारमा सहयोग पु¥याउने उद्देश्यले आज दोहामा रक्तदान कार्यक्रम गरिएको छ ।

बाँके सेवा समाज कतारको आयोजनामा भएको कार्यक्रममा त्यहाँस्थित हमाद हस्पिटलको रक्तसञ्चार केन्द्रमा रक्तदान गरिएको हो । नेपालीहरू कतारमा विभिन्न जोखिमपूर्ण काममा रहेका र कहिलेकाहीँ दुर्घटना पर्दा वा बिरामी हुँदा रगत पाउन गाह्रो हुने गरेकाले रक्तदान कार्यक्रम आयोजना गरिएको समाजका उपाध्यक्ष हेमराज रिजालले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्थानीय समयअनुसार आज बिहान ८ देखि १ बजेसम्म आयोजित रक्तदान कार्यक्रममा ५० जना युवाले रक्तदान गरेका छन् । आगामी दिनमा नियमित रूपमा रक्तदान कार्यक्रम आयोजना गर्ने योजना रहेको रिजालले बताउनुभयो । कतारमा तीन लाख ६४ हजार नेपाली श्रमिक कार्यरत रहेका दोहास्थित नेपाली दूतावासले जनाएको छ ।