१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

वैदेशिक रोजगारको विकल्प आन्तरिक रोजगार नै होः मन्त्री भण्डारी

वैदेशिक रोजगारको विकल्प आन्तरिक रोजगार नै होः मन्त्री भण्डारी
अ अ+ अ-

काठमाडौँ । नेपाल सरकारले ‘राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन–२०८१’ को तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ ।

शुक्रवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारको विकल्प आन्तरिक रोजगार भएको बताउनुभएको छ ।

उहाँले आन्तरिक रोजगारलाई प्रवद्र्धन गर्न मन्त्रालयमा आन्तरिक रोजगार महाशाखा स्थापना गरिएको बताउनु भयो । उहाँले रोजगार महाशाखाको नेतृत्वमा आगामी दशकलाई उद्यमशील समाज निर्माण गर्ने बताउनु भयो । रोजगार सम्मेलनमा उद्यमशीलताका आधारमा रोजगारी सिर्जन गर्ने विषयमा छलफल हुने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘हामी आफैँले जुन किसिमको भाष्य निर्माण गरेका छौँ कि मुलुक खाली हुन थाल्यो, उत्पादनशील युवा बाहिर जान थाले, देशमा कहीँ केही छैन । सबै विदेश गए मुलुक खाली भयो भन्ने खालको भाष्य निर्माण भइरहेको छ । अहिलेको महत्वपूर्ण विषय भनेको वैदेशिक रोजगारको विकल्प भनेको आन्तरिक रोजगार नै हो, अर्को उपाय छैन । अहिले मन्त्रालयमा आन्तरिक रोजगार महाशाखा स्थापना भइसकेको छ । यसैले लिड गरेर मुलुकमा आन्तरिक रोजगारका सम्भावनालाई हेरेर आगामी दशकलाई उद्यमशिलताको आधारमा उत्पादनशिल समाज बनाएर उत्पादन बढाएर कसरी रोजगारी सिर्जना गर्न सकिन्छ भनेर छलफल गर्न खोजिएको छ ।’

सम्मेलनमा रोजगारी र उत्पादनशिलतामा सम्बन्धित तीनै तहका सरकार,निजी क्षेत्र, ट्रेड युनियन, श्रम तथा रोजगार विषयसँग सम्बन्धित व्यवसायी, अनुसन्धानकर्ता, विज्ञ विकास साझेदार, गैरसरकारी क्षेत्रका गरी पाँच सय युवाको सहभागिता रहने जनाइएको छ ।