२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अरुले पूर्वराजा भन्छन् म राजा नै भन्छुः शेखर कोइराला



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. शेखर कोईरालाले जनतालाई खुशी दिन नसक्दा राजतन्त्रको माग गर्दै नागरिकहरुले प्रदर्शन गरेको बताउनुभएको छ ।

झापामा शुक्रवार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजा फर्काउनुपर्छ भन्नेकुरा नेपालमा मात्र नभइ फ्रान्स लगायतका देशहरुमा पनि हुने गरेको भन्दै नागरिकहरु असन्तुष्ट हुँदा अहिले प्रदर्शन भएको बताउनु भयो । गणतन्त्रले जनतामा आशा, भरोसा जगाउन सक्यो की सकेन भन्नेकुरामा ध्यान दिन जरुरी हुने बताउनु भयो । उहाँले राजतन्त्र फर्किने आफूलाई विश्वास नरहेको जिकिर गर्नुभयो । गणतन्त्रका रक्षकहरुले राम्रो काम गरेर देखाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अरुले पूर्वराजा भन्छन् म राजा नै भन्छु । किनभने कार्यकारी भइसकेको व्यक्तिलाई पूर्व भन्ने चलन बाहिर छैन, नेपालमा मात्रै छ । राजाको कुरा हेर्दा हरेक देशमा चलिरहेको हुन्छ । आज पनि फ्रान्स जानुभयो भने पेरिसमा एउटा चिया पसल छ । चिया पसलमा राजा फर्काउनुपर्छ भन्ने गफ हुन्छ । यसले के देखाउँछ भने द्वन्द्व चलिरहेको हुन्छ । हामीले कसरी लिएका छौँ । राजाको बारेमा कुरा गरेर मात्रै हुँदैन । जनतालाई कतिको खुशी पार्न सकेका छौँ भन्ने हो । गणतन्त्र ल्यायौँ । त्यसले आशा, भरोसा जगाउन सकेका छौँ की छैनौँ भन्ने हो । राजा फर्किन्छ त भन्नुभयो, मलाई लाग्दैन । माईखोलामा धेरै पानी बगिसक्यो मलाई लाग्दैन । हामीले राम्रो काम गरेर देखाउने हो ।’

सांसद कोईरालाले अध्यादेशको विषयवस्तु भन्दा पनि संसद बोलाउने समयमा ल्याउनु गलत भएको बताउनु भयो । उहाँले पाँच वटा अध्यादेश संसदबाट स्वीकृत भएपनि भूमी सम्बन्धी अध्यादेश किन् स्वीकृत नगरिएको भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अध्यादेशमा मैले कन्टेन्ट भित्रको कुरा गरेको होइन । सरकारलाई एकदमै जरुरत परे अध्यादेश ल्याउनसक्ने संविधानमा व्यवस्था छ । अध्यादेश संसद नचलेको बेलामा ल्याउने हो । अहिले जुन ५ वटा ६ वटा अध्यादेश आयो, संसद नबोलाउने, संसदलाई टार्ने, त्यसको ६ दिनपछि संसद बोलाउने । अध्यादेश राम्रै होला, ५ वटा पास भयो हिजो । कानून बन्ला, त्यरी अघि बढ्ला । के कारणले भूमि सम्बन्धी अध्यादेश रोक्नुभयो । त्यो त स्वीकृत हुन ल्याइएन । अर्थतन्त्र जर्जर अवस्थामा छ ।’

सांसद कोईरालाले नेपाली काँग्रेस सत्तामा रहेको तर सरकारमा नरहेको जिकिर गर्नुभयो ।