६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

थाइल्याण्डमा अलपत्र परेका २० जना नेपालीको उद्धार गरी नेपाल पठाइयो



अ+ अ-

काठमाडौँ । थाइल्याण्डमा अलपत्र परेका २० जना नेपालीको उद्धार गरी नेपाल पठाइएको छ । बैंककमा रहेको राजदूतावासले उनीहरुलाई आज उद्धार गरी स्वदेश पठाएको हो ।

दूतावासका अनुसार आकर्षक रोजगारीको प्रलोभनमा पारेर गएको जनवरी २४ तारिखमा भारतको नयाँ दिल्ली हुँदै उनीहरुलाई थाइल्याण्ड पुर्‍याइएको थियो ।

नेपाल सरकारले तोकेका मापदण्ड अनुसार श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी कानून विपरित छिटो धेरै पैसा कमाउने उदेश्यले कम्वोडिया, लाओस, म्यानमार र थाइल्याण्डलगायत कुनै पनि देशमा वैदेशीक रोजगारीमा नजान दूतावासले अनुरोध समेत गरेको छ ।