२९ श्रावण २०८३, शुक्रबार
,
Latest
काठमाडौँ विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त प्रधानन्यायाधीश शर्माले आफूखुशी संवैधानिक इजलास गठन गर्ने गरेको भन्दै बार अध्यक्ष मिश्रको आपत्ति झापाको कनकाइमा लालपुर्जा वितरण, १३ परिवार बने जग्गाधनी कारागार सुधार र राजनीतिक सहमति कार्यान्वयनमा सरकार प्रतिवद्ध छः कानूनमन्त्री गौतम मन्त्री बादी र युएनएफपीए प्रतिनिधिबीच भेटवार्ता, महिला तथा सीमान्तीकृत समुदायको सशक्तीकरणमा सहकार्य गर्ने प्रतिबद्धता कारागार ऐन संशोधन र व्यवस्थापनमा सुधार गर्छौंः गृहमन्त्री गुरुङ एकैपरिवारका तीन जना पुर्पक्षका लागि कारागार चलान स्वदेशकै श्रमबजारलाई आकर्षक बनाउनुपर्छः मन्त्री यादव तातोपानी नाका २६ दिनदेखि ठप्प, चीनतर्फ र नेपालमा गरी २० अर्बभन्दा बढीको सामान रोकियो जेनजी आन्दोलनका निर्दोषमाथि अन्याय हुँदैन र दोषीलाई छुट दिइन्नः गृहमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

दलित समुदायमाथि राज्यले हेप्ने काम गर्योः पदमबहादुर परियार



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद पदमबहादुर परियारले राज्यका विभिन्न अङ्गले नै दलित समुदायमाथि हेप्ने र दबाउने काम गरेको आरोप लगाउनुभएको छ ।

शुक्रवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो ।

उहाँले दलित समुदायको सन्दर्भमा नेपाली समाज र नेपाल सरकार अझै पनि प्रगतिशिल र लोकतान्त्रिक नभएको जिकिर गर्नुभयो । उहाँले सांसदहरुले नै दलित समुदायमाथि विभिन्न सन्दर्भमा होच्याउने र हिनतावोध गराउने गरेको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘केही दिन अगाडि हामी सांसदहरु बसेको ठाउँमा दलित समुदायकै भएको प्रसंगमा यो जातै यस्तै हो भनेर हामीहरुले नै बोलेको कुरामा साक्षी बन्नु पर्ने परिस्थिति आयो । यस्ता घटनालाई निचोडको रुपमा हेर्दा अहिले पनि नेपाली समाज, हामीहरु र हाम्रो सरकार दलित समुदायको सन्दर्भमा अहिले पनि प्रगतिशिल र लोकतान्त्रिक हुन नसकेको यी घटनाहरुले देखाउँछ ।’

राष्ट्रिय सभा सदस्य परियारले विभिन्न जिल्लामा दलितमाथि भएका दुव्र्यवहारको अन्त्यका लागि राज्यले न्यायसंगत कदम चाल्नुपर्नेमा जोड दिनुभयो ।