६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिमा महिलाको ५० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्न माग



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद नारायणी शर्माले सम्पत्तिमा महिलाको समान अधिकार र राजनीतिमा ५० प्रतिशत प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग गर्नुभयो ।

बैठकको आकस्मिक समयमा सांसद शर्माले ११५औँ अन्तरराष्ट्रिय महिला श्रमिक दिवसका अवसरमा सम्पत्तिमा समान अधिकार, कार्यकारी भूमिकासहित ५० प्रतिशत प्रतिनिधित्व ‘ग्यारेन्टी’ हुने गरी कानुन निर्माण गर्नुपर्ने उहाँको भनाइ थियो ।

यस्तै, सांसद मेटमणि चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा एक निर्माण आयोजना अलपत्र छोडेको र जलस्रोत तथा सिँचाइ विभाग, एसियाली विकास बैङ्कको सहयोगमा पश्चिम राप्ती नदी नियन्त्रणका लागि सञ्चालित एक परियोजना निर्माण भइरहेकामा सम्झौताअनुसार सम्पन्न गर्ने समय तीन महिना बाँकी रहँदा ४० प्रतिशत मात्र काम भएकाप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले उक्त परियोजना समयमा निर्माण नभएमा सो क्षेत्रमा धेरै ग्रामीण भाग डुबान र कटान हुने भएको भन्दै समयमै समाधान गर्न माग गर्नुभयो ।

सांसद छिरिङलामु लामा तामाङले बिहीबार जनकपुरमा बुद्धएयरको विमानमा देखिएको लापरबाहीप्रति सरकारको ध्यानाकर्षण गराउँदै नेपालको आन्तारिक तथा अन्तरराष्ट्रिय उठान सुरक्षित बनाउन आग्रह गर्नुभयो ।