२१ भाद्र २०८३, आईतवार
,
Latest
बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता क्यासिनोमा जुवा खेल्ने इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य अन्तिम चरणमाः केही समयमै यातायात सुचारु हुने देवीघाटमा प्रदेश सरकारको सहयोगबाट तुइन जडान नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२ रनको लक्ष्य, पवनको अर्धशतक भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अनुसन्धान र प्रविधिको प्रयोगमा जोड बाढीपीडितका लागि रकम जुटाउन चिकित्सक भण्डारीको ‘धन्यवाद’ कन्सर्ट बाढीमा औषधि गुमाएका ज्येष्ठ नागरिकका लागि नुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिमा महिलाको ५० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्न माग



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद नारायणी शर्माले सम्पत्तिमा महिलाको समान अधिकार र राजनीतिमा ५० प्रतिशत प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग गर्नुभयो ।

बैठकको आकस्मिक समयमा सांसद शर्माले ११५औँ अन्तरराष्ट्रिय महिला श्रमिक दिवसका अवसरमा सम्पत्तिमा समान अधिकार, कार्यकारी भूमिकासहित ५० प्रतिशत प्रतिनिधित्व ‘ग्यारेन्टी’ हुने गरी कानुन निर्माण गर्नुपर्ने उहाँको भनाइ थियो ।

यस्तै, सांसद मेटमणि चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा एक निर्माण आयोजना अलपत्र छोडेको र जलस्रोत तथा सिँचाइ विभाग, एसियाली विकास बैङ्कको सहयोगमा पश्चिम राप्ती नदी नियन्त्रणका लागि सञ्चालित एक परियोजना निर्माण भइरहेकामा सम्झौताअनुसार सम्पन्न गर्ने समय तीन महिना बाँकी रहँदा ४० प्रतिशत मात्र काम भएकाप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले उक्त परियोजना समयमा निर्माण नभएमा सो क्षेत्रमा धेरै ग्रामीण भाग डुबान र कटान हुने भएको भन्दै समयमै समाधान गर्न माग गर्नुभयो ।

सांसद छिरिङलामु लामा तामाङले बिहीबार जनकपुरमा बुद्धएयरको विमानमा देखिएको लापरबाहीप्रति सरकारको ध्यानाकर्षण गराउँदै नेपालको आन्तारिक तथा अन्तरराष्ट्रिय उठान सुरक्षित बनाउन आग्रह गर्नुभयो ।