१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्न सांसद बडूद्वारा सरकारको ध्यानाकर्षण

बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्न सांसद बडूद्वारा सरकारको ध्यानाकर्षण
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद दिलेन्द्र बडूले बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै सांसद बडूले यस्तो बताउनुभएको हो ।

उहाँले गत वर्ष आएको बाढीका कारण क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि सरकारको योजना के छ ? भन्दै प्रश्न समेत गर्नुभयो । उहाँले दार्चुलाको मार्मा गाउँपालिका वडा नम्बर ४ को एक गाउँ बाढीले बिस्थापित हुन पुगेको भएपनि अहिलेसम्म पुनर्निर्माण हुन नसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘गत वर्षको बाढीबाट क्षतिग्रस्त संरचनाको पुनःनिर्माणको काममा अब सरकारको के योजना हो ? कहिले शुरु गर्छ ? दार्चुला जिल्लाको मार्मा गाउँपालिकाको वडा नम्बर ४ पुरै गाउँ गत वर्ष भाद्रमा आएको बाढीबाट पुर्णतः क्षतिग्रस्त भएको छ । जनताहरु बिस्थापित भएका छन् । सिंचाई र खानेपानीका संरचनाहरु पूर्णतः ध्वस्त छन् । अहिलेसम्म पुनः निर्माण हुन सकेन । अझै पनि पुनःनिर्माण नगर्ने हो भने जनता त्रसित अवस्थामा रहेका छन् । म सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु ।

क्षतिग्रस्त संरचनाहरुको समयमै पुनःनिर्माण नहुँदा जनता त्रसित र भयमा बाच्न बाध्य रहेको सांसद बडूको भनाइ छ ।