१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टिप्परको लागि अलग्गै लाइसेन्सको व्यवस्था गर्न रास्वपा सांसद झाको माग



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले टिप्परहरुले कानून नमान्दा दुर्घटनाहरु बढेको भन्दै टिप्परको लागि अलग्गै लाइसेन्सको व्यवस्था गर्न माग गर्नुभएको छ

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले स्थानीय तहका जनप्रतिनिहरुको लगानी भएका टिप्परहरुले कानून मान्ने नगरेको उहाँको आरोप छ । टिप्परको व्यवस्थापनि राज्य संयन्त्र नै कमजोर रहेको उहाँको भनाइ छ । सांसद झाले सीतापाइला र धार्केमा टिप्पर हिँड्न अनुमति नदिएको भएपनि जबरजस्ति हिँडिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘धेरै स्थानीय तहका प्रतिनिधिहरुको लगानी रहेको छ टिप्परका उनीहरुले कानून मान्दैनन् । टिप्परलाई फरक लाइसेन्सको व्यवस्था गरियोस् भनेर टेक्निकल एडभाइस पनि आएको छ । अर्को कुरा, सीतापाइला र धार्केमा टिपर हिड्न अनुमति दिइएको छैन तर जबरजस्ती गुडाउँछन् । किनकी स्थानीय नेता र ठेकेदारहरुको लगानी भएकोले । सरकार र राज्यपनि एकदमै कमजोर भएको छ । यस्तो अवस्थामा हामीले कसरि नियन्त्रण गर्न सक्छौं । कि यो मृतकको संख्यामात्र गनेर बसिराख्ने हो ?’

उहाँले सरकारले सडक दुर्घटना न्युनिकरण पनि गर्ने हो कि मृतकको संख्या मात्र गनेर बस्ने हो भन्दै प्रश्न समेत गर्नुभएको छ ।