१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत

बङ्क–नायल–बुडर सडक कालोपत्रको काम अगाडि बढाउने प्रतिबद्धता

बङ्क–नायल–बुडर सडक कालोपत्रको काम अगाडि बढाउने प्रतिबद्धता
अ अ+ अ-

कञ्चनपुर । बङ्क–नायल–बुडर सडक कालोपत्र गर्ने ठेक्का भएको चार वर्षपछि मात्रै निर्माण व्यवसायीले काम अगाडि बढाउने प्रतिबद्धता गरेका छन् ।

सडक निर्माणको ठेक्का लिएको सन्तोषी थेगिम जेभीले पूर्वाधार विकास कार्यालयमा लिखित रुपमा सडक कालोपत्र गर्ने प्रतिबद्धता पत्र बुझाएको हो । कृष्णपुर नगरपालिका–२ का वडाध्यक्ष अर्जुनबहादुर साउदले थालेको दबाबमूलक कार्यक्रमपश्चात् बाध्य भएर निर्माण व्यवसायी सम्पर्कमा आएका हुन् ।

वडाध्यक्ष साउदले पाँच दिनदेखि सडक कालोपत्रको माग गर्दै सडकको प्रवेश बिन्दुमै टेबुल, कुर्सी राखेर वडाको सेवा प्रवाह गरी दबाब दिनुभएको थियो । “सडक कालोपत्र गर्ने ठेक्का सम्झौता गरेका निर्माण व्यवसायी सम्पर्कविहीन भएपछि दबाबमूलक कार्यक्रम सञ्चालन गरेका हौँ”, उहाँले भन्नुभयो, “पूर्वाधार विकास कार्यालयदेखि प्रदेशका कार्यालयसम्म पुग्यौँ, अश्वासन पाइने भए पनि काम अगाडि बढाइएन ।”

सडक धुलाम्मेसँगै खाल्डा हुँदा स्थानीय बासिन्दालाई आवतजावतमै समस्या थियो । “स्थानीयले पनि सडक कालोपत्र गराउनका लागि निकै दबाब दिँदै आएकाले रचनात्मक रुपमा आन्दोलनमा उत्रिने निर्णय गर्यौँ”, उहाँले भन्नुभयो, “कुनै पनि निकायलाई अप्ठ्यारो नपार्ने गरी रचनात्मक दबाबमूलक कार्यक्रम गरी सडकमै बसेर वडाको सेवा दिन थालेपछि चौतर्फी दबाबले निर्माण व्यवसायी सम्पर्कमा आएर काम अगाडि बढाउन सहमत भएका छन् ।”

सडक कालोपत्र गर्नका लागि निर्माण व्यवसायीले प्रतिबद्धतापत्रसहित कार्य गर्न थालेपछि तत्कालका लागि दबाबमूलक कार्यक्रम स्थगन गरी वडा कार्यालयबाटै सेवाग्राहीलाई सेवा दिन थालिएको वडाध्यक्ष साउदले बताउनुभयो । उहाँका अनुसार निर्माण कम्पनीले प्रतिबद्धताअनुसार सडकमा कालोपत्र गर्नका लागि बेस राख्न गिटी फाल्न सुरु गरेको छ ।

निर्माण कम्पनीले आउँदो चैत २० गतेसम्म निर्माण कार्यको बजेट उपलब्ध भएअनुसार सडकमा बेस जम्मा गर्ने र चैत २१ गतेदेखि सडकमा कालोपत्रको काम सुरु गर्ने पूर्वाधार विकास कार्यालयलाई पठाएको प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

सडक कालोपत्र गर्नका लागि चैतसम्म ठेक्काको म्याद थप गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख योगेन्द्र अधिकारीले बताउनुभयो । थपिएको म्यादभित्रै निर्माण कम्पनीले सडक कालोपत्र गर्ने प्रतिबद्धता पत्र पठाएको उहाँले बताउनुभयो ।

सडक निर्माणका लागि सन्तोषी थेगीम जेभीसँग विसं २०७७ साउन २० गते ठेक्का सम्झौता भई विसं २०८१ वैशाखमा म्याद सकिएको थियो । त्यसपछि विसं २०८२ चैत ३० गतेसम्मका लागि म्याद थप गरिएको छ । हालसम्म सडक निर्माणको प्रगति ३५ प्रतिशत मात्रै रहेको छ । सो सडक खण्डको बङ्कदेखि दोमिल्लासम्म रु ११ करोड ८६ लाखमा सात किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको थियो ।