२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

निःशुल्क स्वास्थ्य शिविरबाट ५५३ जना लाभान्वित



अ+ अ-

कालिकोट। कालिकोटको नरहरिनाथ गाउँपालिकामा दुई दिनसम्म चलेको स्वास्थ्य शिविरबाट पाँच सय ५३ जना लाभान्वित भएका छन् ।

स्वास्थ्य सेवा कार्यालय, कालिकोटको आयोजना तथा नरहरिनाथ गाउँपालिकाको समन्वयमा योगी नरहरिनाथ आधारभूत अस्पताल, कुमालगाउँमा बुधबारदेखि सुरु भएको दुई दिने शिविरबाट उनीहरु लाभान्वित भएका हुन् ।

शिविरमा नसर्ने रोग तथा भिआइए (पाठेघरको मुखको क्यान्सर परीक्षण) स्कृनिङ्गसम्बन्धी निःशुल्क सेवा उपलब्ध गराइएको स्वास्थ्य सेवा कार्यालय कालिकोटका अधिकृत कटकबहादुर महतले बताउनुभयो । उहाँका अनुसार शिविरमा ५५ जना दम, उच्च रक्तचाप १४ जना, मधुमेह निदानका एक सय ५६ जनाको प्रयोगशाला जाँच भएकोमा पाँच जना देखिएको छ ।

दाँत तथा मुख स्वास्थ्य ७७ जना, फिजियोथेरापी सेवा ५६ जना, विविध स्वास्थ्य परीक्षण तथा उपचार दुई सय छ जना, पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर परीक्षण दुई सय ९२ जनामा गरिएकोमा भिआइए पोजेटिभ चार जनामा देखिएको र शङ्कास्पद पाठेघरको मुखको क्यान्सर तीन जनामा देखिएको अधिकृत महतले बताउनुभयो ।

महिलाको आङ खस्ने समस्या तथा फिस्टुलाको परीक्षण दुई सय ९२ जनामा गरिएकोमा १८९ जनामा उक्त समस्या देखिएको थियो ।रासस