९ भाद्र २०८३, मंगलवार
,
Latest
ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै स्वर्णिम जयन्ती मनाउँदै आजदेखि भृकुटीमण्डपमा सुरु हुँदैछ ‘नाडा अटाे साे २०२६’, यस्ताे छ मेलाकाे इतिहास ‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’ लुम्बिनीमा मन्त्रिपरिषद् पुनःगठनको सिफारिस सङ्घीयता सफल बनाउन प्रदेश र स्थानीय तहबीचको सहकार्यमा जोड गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

कपिलवस्तुमा पाँच सय पाँच जनालाई झुल वितरण



अ+ अ-

कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिका–६ का स्थानीयवासीलाई लामखुट्टेको टोकाइबाट बचाउन झुल वितरण गरिएको छ ।

वडा कार्यालयद्वारा आयोजित कार्यक्रममा पाँच सय पाँच जनालाई झुल वितरण गरिएको वडाध्यक्ष माहेताब आलम खाले जानकारी दिनुभयो । उहाँका अनुसार वृद्ध, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, महिला तथा गर्भवतीलाई प्राथमिकता दिई झुल वितरण गरिएको हो ।

अध्यक्ष खाले स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै वडा कार्यालयले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । “डेङ्गी, मलेरिया तथा लामखुट्टेबाट सर्ने अन्य रोगबाट बच्न झुल उपयोगी भएकाले झुल वितरण गरिएको उहाँको भनाइ छ । वडा सचिव रामप्रसाद चौधरीले झुल वितरणले स्थानीयको स्वास्थ्य सुधारमा सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । रासस