४ पुष २०८२, शुक्रबार
,
Latest
हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तरराष्ट्रिय नाट्य महोत्सव शुक्रबारदेखि



अ+ अ-

सुनसरी।सुनसरीको इटहरीमा अन्तरराष्ट्रिय नाट्य महोत्सव हुने भएको छ । आज इटहरी–४ स्थित मेट्रिक्समा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइयो ।

एसियन पिपुल्स थिएटर फेष्टिबल सोसाइटीद्वारा सर्वनाम थिएटरको सहकार्यमा कोशी प्रदेशको पर्यटन वर्ष–२०८१ को अवसरमा अन्तरराष्ट्रिय नाट्य महोत्सव–२०२५ को आयोजना गरिएको मूल संयोजक म्याट्रिक्स इटहरीका अध्यक्ष विक्रम मिश्रले बताउनुभयो । यही फागुन २५ गतेसम्म आयोजना हुने महोत्सव इटहरी म्याट्रिक्स परिसरभित्र सांस्कृतिक भवन थिएटर हल सञ्चालन हुनेछ ।

महोत्सवमा १३ मुलुकका २० वटा नाट्य संस्थाका ४४ जना विदेशी रङ्गकर्मी र संस्कृतिकर्मी कलाकारको सहभागिता रहने छ । महोत्ससव एसियन पिपुल्स थिएटर फेस्टिभल सोसाइटी, हङकङ र सर्वनाम थिएटर, काठमाडौँको सहकार्यमा स्थानीय मूल संयोजन इटहरी म्याट्रिक्स र आरम्भ नाट्य डबलीको रहेको अध्यक्ष विक्रम मिश्रले बताउनुभयो ।

महोत्सवमा विविध नाटक प्रदर्शन, कार्यशालाहरु साथै सांस्कृतिक आदन—प्रदानका गरिने छ । जसले नेपाल र कोशी प्रदेशको पर्यटन प्रवर्द्धन, अन्तरराष्ट्रिय सम्बन्ध विस्तार तथा कला, संस्कृति र सभ्यताको अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको आयोजकको भनाइ छ ।रासस