२७ जेष्ठ २०८३, बुधबार
,
Latest
सरकारी जग्गा कब्जा गरी भाडा नतिर्ने उद्योगविरुद्ध मन्त्री यादवको कडा कदम, एकै दिनमा १२ भन्दा… टर्कियेमा अवैध अनलाइन जुवाविरुद्धको कारबाहीः ४७ जना पक्राउ, विमानस्थलमा बच्चाको डायपरभित्र लुकाइएको नगद बरामद भन्सार दर र ‘गायब १६ पाना’को विवादमा अर्थमन्त्री डा. वाग्लेको स्पष्टीकरणः ‘चियाको कपमा तुफान ल्याउन… आर्थिक विधेयकमा गरिएका संशोधनहरू जनहित र प्राविधिक सुधारका लागि हुन्, राजनीतिक रङ दिनु गलत छः… अर्थ समितिमा अर्थमन्त्रीको आक्रोश: संगठित रुपमा अफवाह फैलाईयो करको दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित छः अर्थमन्त्री डा. वाग्ले इरानद्वारा अमेरिकी हेलिकप्टर खसालिएको ट्रम्पको दाबी, जवाफ दिने चेतावनी ‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’ समूह ‘के’: रोनाल्डो र पोर्चुगललाई समूहमै कोलम्बिया,उज्वेकिस्तान र कंगोको चुनौती प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘नो केबुलकार’ आन्दोलन लिम्बूहरुको मात्रै होइन, सम्पूर्ण उत्पीडितहरुको: अन्सारी



अ+ अ-

काठमाडौं। मुक्कुमलुङमा केबुलकार निर्माण खारेजीका लागि भइरहेको आन्दोलनमा पूर्वगृह राज्यमन्त्री मो.रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीले समर्थन जनाएको छ ।

काठमाडौंको माइतीघर मण्डलामा मुक्कुमलुङ जनताको नो केबुलकार आन्दोलनलाई समर्थन गर्दै नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष अन्सारीले सम्बोधन गरेका हुन् । उनले यो आन्दोलन लिम्बुहरूको आन्दोलन मात्रै नभएको भन्दै यो सम्पूर्ण नेपालको उत्पीडित जनता, आदिवासी जनजाति, मधेशी, मुस्लिम, दलित, महिला र आर्थिक उत्पीडनमा परेका सम्पूर्ण नेपाली जनताको आन्दोलन रहेको बताए ।

राज्यद्वारा गरिएको दमनको घोर भत्र्सना तथा निन्दा गर्दै उनले दमन र उत्पीडन गर्ने यस घटनाका जिम्मेवार दोषीहरुलाई छानबिन गरी तुरुन्त कारबाही गर्न र वार्ताको वातावरण निर्माण गर्न सरकारसँग जोडदार माग गरेका छन् । उनले भने, ‘सरकारले उत्पीडित जनतालाई आफ्नो अधिकार र पहिचान माग्दाखेरि र संवैधानिक अधिकारको प्रयोग गर्न खोज्दाखेरि जसरी राज्यले दमन गरिरहेको छ र राज्यको त्यो हिम्मत र साहस र यति हेप्ने प्रवृत्ति किन भइरहेको छ भने उत्पीडित जनताहरूको बीचमा आपसमा मेल छैन ।’

‘राज्यद्वारा जब जनताले जायज मागहरू राख्दाखेरि दमन हुन्छ र राज्यले आफ्नो सीमा नाघेर बन्दुकको बलमा शासन गर्न खोज्छ, त्यतिबेला नेपालका सबै उत्पीडित जनताले मिलेर प्रतिकार गर्ने संगठित प्रतिकार गर्ने वातावरण नभएको हुनाले राज्य निरंकुश हुँदै गएको छ’, उनले भने, ‘राज्यसँग दम छ भने ताकत छ भने नेपालको संविधानको विपरीत गएर हिन्दू राष्ट्र माग्ने र राजा आउ देश बचाउ भन्ने नारा लगाउने प्रतिगामीहरूको विरुद्ध कारबाही गरेर जेलमा हाल्ने हिम्मत देखाओस् ।’

यसैगरी, उनले रिंकु सदाका हत्याराहरूलाई कडाभन्दा कडा कारबाही गर्न सरकारले हिम्मत देखाओस् भनेर पनि आवाज उठाएका थिए । राज्यद्वारा गरिएको आतंक र निरंकुशता प्रतिगमन र मुलुकलाई पश्चगमनतर्फ धकेल्ने सबै प्रयासहरूको विरुद्ध नेपालका उत्पीडित जनता एकजुट भई लड्नु बाहेक अर्को कुनै विकल्प नरहेको बताए ।




भर्खरै