२७ जेष्ठ २०८३, बुधबार
,
Latest
सरकारी जग्गा कब्जा गरी भाडा नतिर्ने उद्योगविरुद्ध मन्त्री यादवको कडा कदम, एकै दिनमा १२ भन्दा… टर्कियेमा अवैध अनलाइन जुवाविरुद्धको कारबाहीः ४७ जना पक्राउ, विमानस्थलमा बच्चाको डायपरभित्र लुकाइएको नगद बरामद भन्सार दर र ‘गायब १६ पाना’को विवादमा अर्थमन्त्री डा. वाग्लेको स्पष्टीकरणः ‘चियाको कपमा तुफान ल्याउन… आर्थिक विधेयकमा गरिएका संशोधनहरू जनहित र प्राविधिक सुधारका लागि हुन्, राजनीतिक रङ दिनु गलत छः… अर्थ समितिमा अर्थमन्त्रीको आक्रोश: संगठित रुपमा अफवाह फैलाईयो करको दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित छः अर्थमन्त्री डा. वाग्ले इरानद्वारा अमेरिकी हेलिकप्टर खसालिएको ट्रम्पको दाबी, जवाफ दिने चेतावनी ‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’ समूह ‘के’: रोनाल्डो र पोर्चुगललाई समूहमै कोलम्बिया,उज्वेकिस्तान र कंगोको चुनौती प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारी बचतकर्ताको रकम यथाशीघ्र फिर्ता गर्नुपर्ने माग



अ+ अ-

काठमाडौँ। सहकारी बचतकर्तासँग सम्बन्धित विभिन्न नौ वटा सङ्घसस्थाले बचतकर्ताको रकम यथाशीघ्र फिर्ता गर्नुपर्ने माग गरेका छन्।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासङ्घ), लघुवित्त तथा वित्तिय शोषणविरुद्धको सङ्घर्ष समिति, सत्य र न्यायको खोजी अभियानलगायत सङ्घसंस्थाले आज यहाँ संयसक्त रूपमा पत्रकार सम्मेलन गरी बचतकर्ताको रकम यथाशीघ्र फिर्ता गरी रकम अपचलन गर्ने सञ्चालनकलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने माग गरेका हुन्।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासङ्घ)का अध्यक्ष कुशलभ केसीले वर्षौँसम्म वित्तिय शोषण गर्ने सहकारी संस्थालाई कारबाही गर्दै पीडित सर्वसाधारणलाई न्याय दिने विषयमा सरकारले ढिला गर्न नहुने धारणा राखे।

लघुवित्त तथा वित्तिय शोषणविरुद्धको सङ्घर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीले पीडित न्यायका लागि निरन्तर सङ्घर्षमा रहँदा पनि सरकारले न्यान दिन ढिलाइ गरिरहेको आरोप लगाए।

वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीले पीडितको न्यायका लागि सरकारले आवश्यक रकमको कोष खडा गरेर उनीहरूलाई भुक्तानी गर्ने र अपचलन गर्ने संस्था तथा व्यक्तिलाई कारबाहीको दायरामा ल्याएर असुल गर्न सकिने सुझाव दिए।

वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलनका संयोजक मिटरब्याजी समस्या समाधानका लागि सरकारसँग माग गरे। रासस




भर्खरै