१ बैशाख २०८२, सोमबार
April 14, 2025 Monday
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश राष्ट्रिय सभाबाट स्वीकृत



photo: rss
अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाबाट ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन), अध्यादेश’, २०८१ स्वीकृत भएको छ ।

बिहीवार बसेको राष्ट्रिय सभाको बैठकले उक्त अध्यादेश बहुमतले स्वीकृत गरेको हो ।

अध्यादेश अस्वीकृत गर्न परेको सूचना बहुमतले अस्वीकृत भयो । त्यसपछि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले अध्यादेश स्वीकृत गर्ने सम्बन्धी प्रश्ताव प्रश्तुत गर्नुभयो । उक्त प्रश्ताव बहुमतले पारित भएको छ । यससँगै सरकारलाई अध्यादेशको ठाउँमा प्रतिस्थापन विधेयक ल्याउने बाटो खुला भएको छ ।