३ भाद्र २०८३, बुधबार
,
Latest
नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

फोहर र अव्यवस्थित ढलको समस्या तत्काल समाधान गर्न निर्देशन



अ+ अ-

काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले धोबीखोला करिडोर तथा वरपर क्षेत्रमा देखिएका फोहर र अव्यवस्थित ढलको समस्या तत्काल समाधान गर्न निर्देशन दिनुभएको छ । 

धोबीखोला करिडोरको अनुगमनका क्रममा उहाँले करिडोर तथा त्यस आसपास क्षेत्रमा देखिएका समस्या समाधानमा अविलम्ब केन्द्रित हुन सम्बद्ध निकायलाई आग्रह गर्दै आफू केही दिनपछि पुनःअनुगमनमा आउने बताउनुभयो । मन्त्री झाँक्रीको निर्देशनपछि सरोकारवाला निकायले केही दिनमै करिडोरमा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका थिए । 

मन्त्री झाँक्रीको नेतृत्वमा मन्त्रालयका सचिव, काठमाडौँ उपत्यका विकास प्राधिकरण र अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत समितिको टोलीले त्यस क्षेत्रको निरीक्षण गरेको हो । 

टोलीले बाटोको अवस्था, ढल, फोहर, अव्यवस्थित निर्माण सामग्री र फुटपाथको अवस्थालगायतको अवलोकन गरेको थियो । बबरमहलबाट सुरु गरिएको अनुगमन बूढानीलकण्ठ पुगेर सम्पन्न भएको थियो ।