• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

जुम्लामा सार्वजनिक सेवा पाउन अनिवार्य खोप कार्ड



file photo

जुम्ला । जुम्लामा सार्वजनिक सेवा पाउन अनिवार्य खोप कार्ड हुनुपर्ने व्यवस्था गरिने भएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले यस्तो आग्रह गरेको हो ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले जुम्लाका नागरिकलाई सङ्क्रमणबाट बच्न स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेको छ ।सार्वजनिक सेवा प्राप्त गर्न अनिवार्य कोभिड विरुद्धको खोप लगाएको कार्ड हुनुपर्नेछ । सार्वजनिकस्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै उपस्थित हुने प्रशासनिक र सामाजिक कार्यक्रम नगर्न समितिले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बताउनुभयो । 

अत्यावश्यक नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिनुपर्ने, सार्वजनिकस्थलमा २५ जनाबढी भेला हुन गरी मेला, भेला तथा महोत्सव आयोजना नगर्ने निर्णय गरिएको प्रजिअ प्रसाईंले बताउनुभयो ।  “७ माघ देखि लागू हुने गरी सार्वजनिकस्थल, कार्यालय, होटल, रेस्टुरेण्ट, सार्वजनिक यातायात र बैंक तथा वित्तीय संस्थामा प्रवेश गर्दा अनिवार्य कोभिड विरुद्धको खोप लगाएको कार्ड हुनुपर्ने व्यवस्था गरिएको छ”, प्रजिअ प्रसार्इंले बताउनुभयो ।

चार लाख राजस्व सङ्कलन

जुम्लाको गुठिचौर गाउँपालिकामा पाँच महिनामा तीन लाख ८२ हजार ८६८ सङ्कलन भएको छ । गाउँपालिकाले विभिन्न शीर्षकबाट राजस्व सङ्कलन गरिरहेको गाउँपालिकाका राजस्व प्रमुख तिलप्रसाद पाण्डेले बताउनुभयो । जसमध्ये गाउँपालिकाबाट रु एक लाख ७८ हजार ५६६ सङ्कलन भएकोमा वडाबाट रु एक लाख ९५ हजार ३०२ सङ्कलन भएको छ । अघिल्लो आव २०७७/७८ मा  गाउँपालिकाले विभिन्न शीर्षकबाट २७ लाख १५ हजार ४०३ राजस्व सङ्कलन गरेको गुठिचौर गाउँपालिकाले जनाएको छ ।