२० चैत्र २०८१, बुधबार
April 2, 2025 Wednesday

18.27°C

काठमाडौं

18.27°C

Kathmandu

Feels-like: 17.33

Wind: 1.03

Humidity: 45

तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री खड्काको स्पष्टिकरणः कुलमानलाई कार्यसम्पादन मूल्याङ्कनमा सहभागि नभएकाले शुन्य अङ्क दिइयो



अ+ अ-

काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ कार्यसम्पादन मूल्याङ्कनमा सहभागि नभएको कारण शुन्य अङ्क दिइएको बताउनुभएको छ ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री खड्काले यस्तो बताउनुभएको हो । उहाँले यदि विद्यार्थी जाँचमै सहभागि भएन भने उसले कति नम्बर प्राप्त गर्छ? भन्दै प्रतिप्रश्न गर्नुभयो । उहाँले कार्यकारी निर्देशक घिसिङले तोकिएको समयभित्र कार्यसम्पादन नबुझाएर सरकारसँग भएको सम्झौताको बेवास्ता गरेको आरोप लगाउनु भयो । उहाँले कोहीपनि संविधानभन्दा माथि नहुने भन्दै सबैले कानूनको पालना गर्नुपर्ने उल्लेख गर्नुभयो । घिसिङले सरकारलाई नटेर्ने, नचिन्ने भएको कारण शून्य नम्बर दिइएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो भदौमा उहाँले कार्यसम्पादनको लागि अनुरोध गर्नु भएन । मूल्याङ्कन हुने कुरै भएन । भदौ व्यतित भइसकेपछि असोजमा उहाँलाई लिखित रुपमा स्मरण गराइयो । तपाईंले कार्यसम्पादन बुझाउनु भएन भनेर, त्यसलाई बेवास्ता गरियो । र एकैचोटि पुसमा ल्याएर उहाँले आफैंले नम्बर दिएर मेरो ९८ प्रतिशत आएको छ है भनेर मन्त्रालयलाई दिदिनुभयो । यसको अर्थ के हो भने विद्यार्थी यदी जाँचमै सहभागि भएन भने उसले कति नम्बर प्राप्त गर्छ ?त्यसकारणले कि मलाई भनिदिनुभन्यो उहाँ कानूनभन्दा माथि हुनुहुन्छ भनेर, अनि संविधानमा पनि लेखिदिनुप¥यो । हामीले ल्याएको व्यवस्था त्यस्तो होइन । सबै नागरिकहरु यस संविधानअन्तर्गत रहनेछन् । कानूनको परिपालना गर्ने सबैको दायित्व हो । त्यसकारण उहाँले शुन्य नम्बर पाउनुभएको हो । उहालँे चिन्दै चिन्नुभएन, टेर्दै टेर्नुभएन ।’

मन्त्री खड्काले घिसिङले सरकारको अनुरोधहरुलाई नटेर्ने भएको कारण उहाँलाई पटक—पटक स्पष्टिकरण सोधिएको बताउनु भयो ।