काठमाडौँ । गायक गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारी विवाह बन्धनमा बाँधिएका छन् ।
प्रेम सम्बन्धमा रहेका यो जोडीले आज विवाहको रुप दिएका हुन् ।
काठमाडौँको एउटा पार्टी प्यालेसमा वैवाहिक समारोह चलिरहेको छ । विवाहमा दुवै पक्षका आफन्त, साथीभाइ र संगीत क्षेत्रका केही व्यक्तिहरु सहभागी छन् ।
यो जोडीले गत असारमा कन्सर्टको सिलसिलामा दुबई पुगेका बेला त्यहीँ इन्गेजमेन्ट गरेका थिए ।
अस्मिता र महेश दुवै सांगीतिक क्षेत्रमा चर्चामा छन् ।










