काठमाडौँ । प्रतिनिधिसभा बैठकमा स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहले स्वास्थ्यमन्त्री प्रदीप पौडेलको राजीनामा माग गरेका छन् ।
बिहिबार बैठकको आकस्मिक समयमा बोल्दै सांसद सिंहले स्वास्थ्यमन्त्री पौडेलको राजीनामा मागेका हुन् ।
सिनियर भएर पनि डा संगिता मिश्रलाई मधेसी भएकै कारण मन्त्रालयको सचिवमा बढुवा नगरेको भन्दै उनले मन्त्री पौडेलको राजीनामा मागेका हुन् ।
बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले डा. विकास देवकोटालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको थियो ।










