२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी सहयोग दुरुपयोग गर्नेहरुको सूचिसहित श्वेतपत्र जारी गरियोस्ः सांसद खतिवडा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले अमेरिकी सहयोग दुरुपयोग गर्नेहरुको सूचिसहित श्वेतपत्र जारी गर्न सरकारसँग माग गर्नुभएको छ ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद खतिवडाले यस्तो माग गर्नुभएको हो ।

उहाँले एनजिओ तथा आइएनजिओमार्फत आएको रकम दुरुपयोग गरिएको भन्दै मुलुककै बद्नाम गरिएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘एनजिओ र आइएनजीओका नाममा आएका रकमहरु कति छन् । त्यो रकम दुरुपयोग गरियो भनेर सारा नेपाललाई नै बद्नाम गर्ने काम गरेको छ सरकारले भएको के हो श्वेतपत्रको रुपमा जारी गरोस् ।’

उहाँले अमेरिकाले गैरकानूनी रुपमा बसेका गैरआवासीय नागरिक फिर्ता पठाउने क्रममा अमानवीय व्यवहार गरेको समेत बताउनु भयो । अन्तर्राष्ट्रिय मानव अधिकार मूल्य मान्यतामा रहेरमात्र गैरआवासीय फिर्ता गर्न समेत हुने माग गर्नुभएको छ ।