• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   कांग्रेस पदाधिकारी बैठक बस्दै, एमाले अध्यक्ष ओलीसँगको छलफलबारे देउवाले जानकारी दिने ★   प्रतिनिधिसभा बैठकमा आज गृह, अर्थ र शिक्षामन्त्रीले जवाफ दिने ★   ‘ट्र्याक’ खुलेको डेढ दशकपछि सडक कालोपत्र ★   वर्षाबाट धेरै क्षति हुनसक्ने ३४ जिल्लामा रेड अलर्ट ! ★   एसइईको पुरक परीक्षा साउन २३ देखि ३१ सम्म ★   जर्जियामाथि सहज जितसहित स्पेन युरो कपको क्वाटरफाइनलमा, जर्मनीसँग भिड्ने ★   अन्तिम समयमा दुई गोल गर्दै इंग्लयाण्ड युरो कपको क्वाटरफाइनलमा ★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य

हरिवंश आचार्यको गीत ‘कर्कलो कोक्याउला’ सार्वजनिक (भिडियो सहित)



काठमाडौं । बरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्यले चेलिबेटी बेचबिखनलाई रोक्न नयाँ गीत ‘कर्कलो कोक्याउला’ सार्वजनिक भएको छ । 

बिहीवार राजधानीमा एक कार्यक्रमका बीच बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, वागमति प्रदेशको पूर्व प्रदेश प्रमुख अनुराधा कोइराला र नेपाल प्रहरीका महानिरिक्षक शैलेश थापाले एकसाथ गीत सार्वजनिक गर्नुभयो । आज सार्वजनिक गरिएको गीतमा सार्वजनिक स्थलमा महिलामाथि हुने यौन दुर्व्यवहार र चेलिबेटी बेचबिखनको कथालाई भिडियोमा मनछुने ढंगबाट देखाउन खोजिएको छ । गीत सार्वजनिक कार्यक्रममा कलाकार तथा गायक हरिवंश आचार्यले चेलिबेटी बेचबिखनको विषयमा यसअघि केही टेलिचलचित्र निर्माण गरेको स्मरण गर्दै गीतमा भने पहिलो पटक यो विषय उठाएको बताउनु भयो । 

आफ्नो जोडी हरिवंशको गीत सार्वजनिक गर्न पुग्नु भएका बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले गीतले समस्यामा पर्नु अगाडी नै बचाउने संदेश दिएको बताउनु भयो। गीतले चेलिबेटी बेचबिखनलाई रोक्न भूमिका खेल्ने श्रेष्ठले बताउनुभयो ।  

यो गीतको भिडियोमा कलाकार हरिवंश आचार्य, स्वस्तिमा खड्का, श्याम पाण्डे, महेश त्रिपाठी, नवीन लम्साल, रुक्मिला अधिकारी र विमल खड्काको अभिनय रहेको छ । गीतमा अभिनय गर्नुभएकी अभिनेत्री स्वस्तिमा खड्काले सामाजिक जागरणको लागि कलाकार हरिवंश आचार्यसँग अभिनय गर्न पाउदा गौरव महसुस गरेको बताउनु भयो ।

बरिष्ठ कलाकार आचार्यको आफ्नै शब्द र स्वरले भरिएको गीतमा किरण तुलाधरको संगीत संयोजन रहेको छ । गीतको भिडियोलाई मानव सुवेदीले निर्देशन गर्नुभएको हो । सुशील सापकोटाको छायांकन र सुरक्षा पन्तको पटकथामा भिडियो निर्माण गरिएको छ ।