६ पुष २०८२, आईतवार
,
Latest
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार मर्यादित हुनुपर्छ, प्रेस स्वतन्त्रताको पक्षमा काँग्रेस दृढतापूर्वक उभिन्छः श्याम घिमिरे



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रश्न सोध्दा पत्रकारहरु मर्यादित हुनुपर्ने बताउनुभएको छ ।

बुधवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा नेपाली कांग्रेस दृढतापूर्वक उभिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रेस स्वतन्त्रताको पक्षमा काँग्रेस दृढताका सात उभिन्छ । अभिव्यक्ति स्वतन्त्रताको पक्षमा कांग्रेस दृढतापूर्वक उभिन्छ । तर मर्यादित भइदिन चाहीँ म पत्रका साथीहरुलाई व्यक्तिगत तर्फबाट पनि विनम्र अनुरोध गर्दछु ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही शाहीले सरकारले मन्त्रिपरिषद्को बैठकबाट नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने खोजेको आरोप लगाउनु भयो । उहाँले सरकारले कुलमानलाई हटाए सरकार पनि हटाउने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई आजको मन्त्रिपरिषदको बैठकले हटाउन निर्णय गर्न खोज्दैछ, हामी यस्को घोर विरोध गछौँ । र सडक र सदनबाट दबाब दिनुपर्छ । सरकारलाई हामी भन्न चाहन्छौ, कुलमान हटाउँदा तपाईको सरकार पनि हट्ला है ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले विदेशमा बस्ने नेपालीलाई नागरिकतामार्फत जोड्ने प्रक्रियासँग डराएर फ्रि भिसाको कुरा गरेको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘विदेशमा बसेका नेपालीहरुलाई नागरिकतामार्फत नेपालसँग जोड्ने प्रक्रियासँग डराएर आज सरकार फ्री भिसाको कुरा गरिरहेको छ । आज सदनमा प्रस्तुत गर्दै गरेको सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धीकेही नेपाल ऐन सम्शोधन गर्न बनेको अध्यादेशमार्फत गैरआवासीय नेपालीलाई जसलाई नागरिकता दिइएको छ । नागरिकता दिएर नेपालसँग जोड्ने प्रक्रियामा जुन कानून बनाएको छ त्यसको खिल्ली उठाउँदै उनीहरुलाई फ्री भिसाको कुरा गरिरहेको रहेछ, सरकार किन डराउँछ विदेशमा बस्ने नेपालीहरुसँग ?’

संसद सचिवालयले दुई जना पत्रकारको पास निलम्वन गर्नु अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध भएको उहाँहरुको भनाइ छ ।