काठमाडौं । अस्वस्थ भई उपचाररत पूर्व युवराज पारस शाहको स्वास्थ अवस्था बुझ्न राप्रपा नेपालका अध्यक्ष कमल थापा थापाथलीस्थित नर्भिक अस्पताल पुगेका छन् ।
पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाले पूर्व युवराजको स्वास्थ्य अवस्थाकोबारे जानकारी लिँदै सिघ्र स्वास्थ लाभको कामना गरेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।











