१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

‘ए’ डिभिजन लिगः नबौं चरणका खेल हुँदै

‘ए’ डिभिजन लिगः नबौं चरणका खेल हुँदै
अ अ+ अ-

काठमाडौं । १४ क्लबको सहभागिता रहेको सहिद स्मारक 'ए' डिभिजन लिगमा शुक्रबारबाट नबौं चरणका खेल हुँदै छन् । आठौं चरणका खेल सकिएसँगै उपाधि होड रोमाञ्चक भइरहेके छ भने रेलिगेशन क्षेत्रमा रहेको टोली बच्नका लागि संघर्ष गरिरहेका छन् । नवौं चरणको खेल अघिको पत्रकार सम्मेलनमा सबै जसो क्लबले तीन अंकका लागि खेल्ने बताएका छन् । 

शुक्रबारबाट नवौं चरणका खेल आरम्भ हुँदा दिनको पहिलो खेल विभागीय फुटबल क्लब एपिएफ र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुँदै दुबै टोली अंकका लागि मैदान उत्रिनेछ । विभागीय क्लब एपिएफले विदेशी खेलाडी भित्र्याएसँगै राम्रो नतिजा निकाल्न सफल भइरहेको छ भने हिमालयन शेर्पाले मध्ययम प्रदर्शन गर्दै तालिकाको बीचमा रहेको छ । 

दुबै टोलीका शुक्रबार हुने खेलबाट अंक जोड्ने लक्ष्यका साथ मैदान उत्रिनेछन् । दोस्रो खेल भने तालिकाको दोस्रो स्थानमा रहेको मनाङ मस्र्याङ्दी फुटबल क्लबले यसै सिजनको नयाँ टोली सातदोबाटो युथ क्लबसँग प्रतिस्पर्धा गर्दै छ । उपाधि होडलाई जिवन्त राख्न मनाङ सातदोबाटो युथ क्लबसँग सर्तक रहेको खेल्नेछ । किने भने सातदोबाटो युथ क्लबले बलिया टोलीविरुद्ध राम्रो नतिजा निकाल्दै अंक जोडिरहेको छ । मनाङका प्रशिक्षक तोपे फुजाले क्लब जुन भए पनि आफ्नो टोली तीन अंकका लागि खेल्ने बताए ।

यता सातदोबाटो युथ क्लबले पनि राम्रो नतिजाका लागि खेल्ने बताएको छ । शीर्ष डिभिजनमा उक्लिएसँगै तारिफ योग्य प्रदर्शन गरेको सातदोबाटोका प्रशिक्षक सुरज महर्जनले बताए ।

आठौं चरणको समाप्तिमा साविक विजेता मच्छिन्द्र फुटबल क्लब सहिद स्मारक ए डिभिजन लिगको र्शीष स्थानमा रहेको छ । नवौ चरणको खेलमा मच्छिन्द्रले ब्रिगेड ब्वाइजसँग प्रतिस्पर्धा गर्ने छ । मच्छिन्द्र फुटबल क्लब उपाधि उचाल्ने लक्ष्यका साथ मैदान उत्रिनेछ ।

शनिबारको खेलमा भने फ्रेन्ड्सले त्रिभुवन आर्मी फुटबल क्लबसँग तीन अंकका लागि खेल्ने जनाएको छ । फ्रेन्ड्स जारी लिगमा एक मात्र टोली हो जसले एक खेलमा पनि स्पष्ट तीन अंक जोड्न सकेको छैन । यस्तै थ्री स्टार क्लबले संकटा क्लबसँग नवौ चरणको खेलमा प्रतिस्पर्धा गर्दा न्युरोड टिम (एनआरटी) र जावलाखेल युथ क्लबबीच नवौं चरणको अन्तिम खेल हुनेछ ।