• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

सभापति देउवाद्वारा शाहीको निधनप्रति दुःख व्यक्त



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस दैलेखका महाधिवेशन प्रतिनिधि एवं कांग्रेस दैलेखका पूर्वउपसभापति कर्णबहादुर शाहीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । 

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक वक्तव्य जारी गर्दै प्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवाले शाहीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको बताउनुभएको हो । 

सभापति देउवाले शाहीको निधनप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति आफ्नो र पार्टीका तर्फबाट गहिरो समवेदना प्रकट गर्नुभएको छ । विसं २००५ जेठ १५ मा जन्मनुभएका शाहीको आज नारायण नगरपालिका–१ स्थित आफ्नै निवासमा निधन भएको हो । 

कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएका स्व शाही विसं २०४९ र २०५४ को स्थानीय तहको निर्वाचनमा साविक बासी गाविसको अध्यक्षमा निर्वाचित हुनुभएको थियो । 

शाहीको निधनबाट कांग्रेसले एक अग्रज व्यक्ति गुमाएको बताएको छ । उहाँका श्रीमती, एक छोरा र दुई छोरी हुनुहुन्छ ।