
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले धेरै पुराना अपराधीहरु पनि अहिले पक्राउ परेको बताउनुभएको छ ।
बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले कुनैपनि अपराधका अपराधीहरु पक्राउ परेको र कारबाही भएको बतउनु भयो ।
उहाँले भन्नुभयो, ‘सरकारको काम देखिएको छ । कुनैपनि अपराधका अपराधीहरु पक्राउ परेका छन् । अनुसन्धान भएको छ । कानून बमोजिम कारबाही भएको छ । धेरै पुराना अपराधीहरु पनि अहिले पक्राउ परेका छन् ।’
उहाँले आधारभुत प्रहरीलाई धेरै सुविधा हुनेगरी विधेयक ल्याइएको बताउनु भयो ।