१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

सांसद सापकोटाको प्रश्नः निजीकरण अध्यादेशको मस्यौदा कुन कर्पोरेट हाउसमा लेखिएको हो ?

सांसद सापकोटाको प्रश्नः निजीकरण अध्यादेशको मस्यौदा कुन कर्पोरेट हाउसमा लेखिएको हो ?
अ अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले निजीकरण अध्यादेशको मस्यौदा कुन कर्पोरेट हाउसमा लेखिएको हो भन्दै सरकारलाई प्रश्न गर्नुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा निजीकण (पहिलो संशोधन) अध्यादेश,२०८१ अस्विकृत गरियोस् भन्ने पेश गर्दै सांसद सापकोटाले यस्तो प्रश्न गर्नुभएको हो । उहाँले लोकतान्त्रि मूल्यमान्यताको हिसाबले अध्यादेशको बाटो पुर्णरुपमा गलत भएको बताउनु बताउनु भयो । सरकार अध्यादेश ल्याएर संविधानलाई जिस्क्याएको आरोप समेत लगाउनु भयो । उहाँले गिरीबन्धुको गन्ध आउनेगरी सकारले भूमिसम्बन्धी अध्यादेश ल्याएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘लोकतान्त्रिक मूल्यमान्यता हिसावले यो अध्यादेशको बाटो सर्वथा गलत छ । यसले सम्पूर्ण रुपमा संसदलाई नाङ्गो ढंगले झम्टिराखेको छ । त्यसैले विधि र मान्यताको हिसाबले एउटा होइन, दुईटा होइन, तीन वटा होइन, चार वटा होइन, पाँच वटा पनि होइन । ६ वटा अध्यादेश र ३२ वटा ऐन ल्याइयो । यही हो लाकेतन्त्र रु संविधानलाई जिस्क्याएर संविधानलाई खिसि गरेर ल्याइयो । हो पहिलेको सरकारले लगानी प्रवद्र्धन गर्नको लागि र मिटरब्याज पीडितको समस्या समाधान गर्न संसद नभएको बेलामा अध्यादेश ल्याएको थियो । ३२ वटा विधेयक ल्याउनु भयो । गिरिबन्धुको पूरै स्मेल आउने गरेर भूमिसम्बन्धीको विषय आयो । अहिले म नीजिकरण विधेयकको बारेमा कुरा गर्दैछु । यो कहाँ ड्राफ्ट भयो । यसको बारेमा सोध्दा कोही जवाफ दिदैनन् । र यो कुन कर्पोरेट हाउसमा ड्राफ्ट भएर आयो रु र आदेश के गर्यो सरकारले भन्दा कमा र फुलस्टप समेत परिवर्तन नगरियोस् ।’

उहाँले सरकारले अध्यादेशमा रहेका ‘कमा’ र ‘पूर्णविराम’ समेत परिवर्तन नगरी पास गर्न खोजेको आरोप समेत लगाउनु भयो ।