१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

सरकारले अध्यादेश ल्याएर आर्थिक संस्थाहरु कब्जा गर्न खोज्योः रास्वपा सांसद वाग्ले

सरकारले अध्यादेश ल्याएर आर्थिक संस्थाहरु कब्जा गर्न खोज्योः रास्वपा सांसद वाग्ले
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा स्वर्णिम वाग्लेले सरकारले अध्यादेश ल्याएर आर्थिक संस्थाहरु कब्जा गर्न खोजेको आरोप लगाउनुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन), अध्यादेश, २०८१’लाई अस्वीकार गरियोस् भन्ने प्रश्ताव पेश गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

सांसद वाग्लेले सम्पत्ति शुद्धीकरणसम्बन्धी कानून कार्यान्वयन गर्न समेत सरकारको ध्यानाकर्षण गराउनु भएको छ । उहाँले वाइडवडीमा ५५ मिलियन अमेरिकी रकम खाएको अमेरिकाको जस्टिस डिपार्टमेन्टले प्रमाणित गरेर दुनियाँले देख्ने गरेर वेबसाइटमा राखेको भएपनि कारबाही प्रक्रिया अगाडि नबढाएको बताउनु भयो । अदालत समेत दलीय छायामा परेको उहाँको भनाइ छ । उहाँले संवैधानिक निकायमा समेत भागबण्डा गर्दा मुलुकले थप संकटको सामना गर्नुपर्नेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘अन्तरराष्ट्रिय रुपमा हाम्रा बैंकिङ कारोबारहरु विदेशी लगायत यावतमा थप निगरानी हुने सुधार नगर्ने हो भने अब हामी कालोसूचीमा पर्ने लगभग पक्का भएको छ । हामीले मनी लाउन्डरिङ लगायतका ऐनहरु बनाउने तर कार्यान्वयन नगर्ने, वाइडवडीमा ५५ मिलियन अमेरिकी रकम खाएको अमेरिकाको जस्टिस डिपार्टमेण्टले प्रमाणित गरेर दुनियाँले देख्ने गरेर वेबसाइटमा राखिदिएको छ । तर यहाँ कारबाही हुदैन । यहाँ क्यासिनो र हुण्डीमार्फत सम्पत्ति शुद्धीकरण गरिरहनु भएको छ । यसैलाई हो उसले इंगित गरेको, कारबाही पनि गर । यो कागजमा लेखेर मात्र भएर दुईचार जनालाई थुन, जाक भनेर भनेको हो । राजनीतिक संस्थाहरु त कब्जा भएका छन् । अदालत दलीय छायाँमा छ । संवैधानिक नियुक्ति तपाईकै भागबण्डामा हुन्छ । अर्को डरदलाग्दो कुरा तपाईहरु आर्थिक संस्था समेत कब्जा गर्ने दिशामा तपाईहरु गइरहनुभएको छ । सेबनमा कस्तो प्रक्रियामा नियुक्त गरियो?’

उहाँले सेबनको अध्यक्ष कसको प्रभावमा नियुक्त गरिएको हो भन्दै प्रश्न समेत गर्नुभयो ।