२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्रीको प्रश्नः संसदमा छलफल हुनु निरंकुश भए लोकतन्त्र खोज्न कहाँ जाने ?



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले संसदमा पेश भएका विधेयकहरुको प्रक्रियामा त्रुटी नभएको बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभामा पेश भएको ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश २०८१’ माथि उठेका प्रश्नहरुको जवाफ दिँदै उहाँले यस्तो बतानुभएको हो । उहाँले सदनमा प्रश्तुत हुने विधेयकमाथि विरोध र समर्थन हुने बताउनु भयो । विधेयकबारे छलफल गरेर संसदले उचित निर्णय गर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘हामी राम्रो संवैधानिक अभ्यासमा छौँ । अध्यादेश सदनमा आउँछ, छलफल हुन्छ । समर्थन हुन्छ, विरोध हुन्छ । सभाले विवेक प्रयोग गरेर उचित ढंगले निर्णय गर्छ । त्यही प्रक्रियामा हामी छौँ ।’

अर्थमन्त्री पौडेलले संसदमा प्रश्तुत विधेयक स्वेच्छाचारी वा निरंकुश नभएर सरकारले आवश्यक महशुस गरेर ल्याएको जिकिर गर्नुभयो । संसदमा प्रश्ताव पेश गर्नु, छलफल गर्नु, संसदले नै निर्णय गर्नु निरंकुश हुन्छ भने लोकतन्त्रको परिभाषा खोज्न कहाँ जाने रु भन्दै प्रतिप्रश्न गर्नुभयो ।