३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबै दलका लागि इतिहास लेख्ने अवसरः सुनिता बराल



अ+ अ-

काठमाडौँ । नेकपा एमालेकी सचेतक सुनिता बरालले संसदमा पेश हुन लागेको अध्यादेशहरु इतिहास लेख्ने अवसर भएको बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभाको शुन्य सयममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले निर्वाचनमा जाँदा सबै राजनीतिक दलहरुले प्रश्तुत गरेका घोषणा पत्र अनुसार सरकारले पेश गर्न लागेको अध्यादेश सबै दलहरुले साझा बनाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी दलीय राजनीतिमा छौँ र निर्वाचनमा जाँदा सबैले आ—आफ्ना घोषणा पत्रमा सुन्दर विषय उल्लेख गरेका हुन्छौँ । आज नेपाल सरकारले पाँच वटा अध्यादेशहरु निर्णयार्थ सदनमा प्रश्तुत गर्दैछ । जसमा नेपालका आर्थिक विकास र प्रगतिका विषयहरु, रोजगारीको सिर्जना, व्यावसायिहक वातावरणको निर्माण, सार्वजनिक सेवा प्रवाहलाई छिटो छरितो बनाउने र सुशासनलाई थप समृद्ध बनाउने विषयहरु छन् । हिजो सुन्दर इतिहास पढ्दै आएको यो थलो आज इतिहास लेख्ने एउट अवसरका प्राप्त गरेका छौँ । यो अवसरमा सबै दलहरुलाई र मानीयहरुलाई आज पेश हुने अध्यादेशहरुलाई साझा बनाएर अगाडि बढ्नका लागि अनुरोध गर्न चाहन्छु ।’

सरकारले आजको संसद बैठकमा पाँच वटा अध्यादेश निर्णयार्थ पेश गर्न लागेको छ ।