२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सौर्य एयरलाइन्स दुर्घटनाका पीडित परिवारलाई न्याय दिन माग



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले गत साउनमा भएको सौर्य एयरलाइन्सको दुर्घटनाका पीडित परिवारलाई न्याय दिन माग गर्नुभएको छ ।

सोमवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले चार वर्षको बालकलाई एयरलाइन्सको कर्मचारी बनाएर यात्रा गराउनु गैरकानूनी भएको बताउनुभयो । उहाँले दुर्घटना छानबिनका लागि बनाइएको आयोगसमेत गैरकानूनी रहेकाले पुनः आयोग गठन गर्न माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सात महिना अघि साउन ९ गते काठमाडौं एयर पोर्टमा भएको सौर्य जहाज दुर्घटना तीन सन्तान गुमाएका पत्रकार प्रकाश खतिवडाले सबै मान्यज्यूहरुलाई तत्सम्बन्धमा घटनाका सम्बन्धमा म्यासेज पठाएर जनकारी गराउनुभएको छ । उहाँको दाबी अनुसार दुर्घटना भएको जहाजको उडान गैरकानूनी छ । चार वर्षको बालकलाई समेत एयरलाइन्सको कर्मचारी बनाइएको छ । तत्सम्बन्धी बनाइएको आयोग गैरकानूनी छ । पुनः आयोग गठन गरी छानबिन गरी पीडितहरुलाई न्याय दिइयोस् ।’

सांसद कुँवरले उदयपुर सिमेन्ट कारखाना बन्द हुँदा २५० श्रमिकको बिचल्ली भएको बताउनु भयो । उहाँले उद्योग सञ्चालन गर्न वा श्रमिकले पाउने सुविधा दिएर बिदा गर्न सरकारसँग माग गर्नुभयो ।