१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

उदयपुर सिमेन्ट उद्योगका श्रमिकहरुले तीन वर्षको ज्याला नपाएको भन्दै सरकारको ध्यानाकर्षण



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले उदयपुर सिमेन्ट उद्योगमा काम गरेका श्रमिकहरुले तीन वर्षदेखि ज्याला नपाएको बताउनुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले उद्योगमा काम गर्ने श्रमिकहरुमध्ये तीन जनाको मृत्यु भइसकेको र एकजना किड्नी फेल भएर अस्पताल भर्ना हुँदा समेत सरकारले ज्यालावापत पाउनुपर्ने रकम नदिएको आरोप लगाउनु भयो । उहाँले अवकासमा गएको लामो समयसम्म पनि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले सार्वजनिक संस्थानमा राजनीतिक नियुक्ति गर्दा श्रमिकहरुले ज्याला पाउन नसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘उदयपुर सिमेन्ट उद्योगका ३ वर्ष अगाडि नै अवकास प्राप्त गरिसकेका एकसय तीन जना अहिलेसम्म पनि कुनै सुविधा पाएका छैनन् । जसमध्ये अशोक चौधरी, उपेन्द्र रखाल र देवी बजागाईंको मृत्यु भइसकेको छ । साथै हेमकुमार दाहाल किड्नि फेल भएर अस्पतालमा छन् । उपचार गर्न सरकारले पैसा दिएको छैन । नागरिकले आफूले रोजगारी गरेवापत पाउनुपर्ने रकम किन पाइराखेको छैन । हामी सार्वजनिक संस्थानमा राजनीतिक नियुक्तिको उपज के हुँदो रहेछ देखिरहेका छौं । तर अर्को कुरा कुलमान जस्ता घाटामा गएको कम्पनी नाफामा पु¥याउनेहरुको मूल्याङ्कन हामी शुन्यमा गर्छौं । आफ्ना कार्यकता भर्ना गर्न पाएन भनेर उसलाई हामी निष्कासनको बाहाना बाजी गरिराखेका छौं । ’

उहाँले सरकारले आफ्ना कार्यकर्ता भर्ना गर्न नपाएको कारण कुलमानलाई हटाउने खेल खेलिरहेको आरोप समेत लगाउनु भयो ।