१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

चार्टर फ्लाइटमा भएको अनियमितता छानबिन गर्न समिति गठन

चार्टर फ्लाइटमा भएको अनियमितता छानबिन गर्न समिति गठन
अ अ+ अ-

काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोरोना महामारीको समयमा खाडी मुलुकमा काम गर्ने नेपाली श्रमिकको हबाइ उद्धार गर्न गरिएको चार्टर फ्लाइटमा भएको अनिमियताका विषयमा आज एक छानबिन समिति गठन गरेको छ । मन्त्रालयका सहसचिव होमप्रसाद लुईंटेलको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो । 

समितिका सदस्यमा मन्त्रालयका उपसचिव टेकनारायण पौडेल तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुर रहनुभएको छ । आजै गठन भएको उक्त समितिले शुक्रबारदेखि आफ्नो कामको थालनी गर्ने संयोजक लुईंटेलले बताउनुभयो । उक्त समितिलाई १० दिनभित्रमा प्रतिवेदन पेस गर्न समय तोकिएको छ ।

ललितकला प्रज्ञा–प्रतिष्ठानलाई आवश्यक पर्ने बजेटको व्यवस्था हुने 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानलाई आवश्यक पर्ने बजेटको व्यवस्था गर्ने बताउनुभएको छ । 

उक्त प्रष्ठिानले आज आयोजना गरेको चित्रकला प्रदर्शनी कार्यक्रममा बोल्नुहुँदै मन्त्री आलेले कला, संस्कृतिको जगेर्ना गर्न तथा कलाकारिताको विकास गर्नका लागि भए पनि ललित कला प्रज्ञा–प्रतिष्ठानलाई आवश्यक पर्ने बटेजको व्यवस्था गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “देश चिनाउने भनेकै कलाकारिता हो, कला, संस्कृतिको जगेर्ना गर्न र विकास गर्न चाहिने बजेटको व्यवस्था गर्छु ।”

नेपाल ललित कला प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्माचार्यले बजेट अभावमा नेपालका कलाकारले आफ्नो प्रतिभा देखाउन नसकेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “हामीसँग असङ्ख्य कला छ, तर बजेट नभएका कारण ती कला बाहिर ल्याउन सकिएका छैनन, बजेटको व्यवस्था भए हामी हाम्रा कला देशविदेशमा चिनाउन सफल हुन्छौँ ।” रासस