• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   रोमानियालाई हराउँदै नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा प्रवेश ★   अष्ट्रियालाई हराउँदै टर्की युरो कपको क्वाटरफाइनलमा ★   कसरी चिप्लियो प्रचण्डको ३२ अंकको जादु ? ★   नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा ★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश

योगी नरहरिनाथको शालिक अनावरण



कनकाई । झापाको कनकाई नगरपालिका–४ स्थित कनकाई धाम धार्मिक विकास संस्था कोटीहोम परिसरमा योगी नरहरिनाथको शालिक अनावरण गरिएको छ ।

संस्थाका अध्यक्ष नवलकिशोर दत्तको सभापतित्वमा कोटी होम परिसरमा आयोजना गरिएको एक समारोहका बीच वैद्विक मन्त्रोचारणका साथ योगी  नरहरिनाथको शालिक अनावरण गरिएको हो ।

भmापा क्षेत्र नं ४ का सांसद एलपी साँवा लिम्बू, प्रदेशसभा सदस्य हीराकुमार थापा, नगरप्रमुख राजेन्द्र पोखरेल, उपप्रमुख मन्जु प्रसाईँलगायतले शालिक अनावरण गर्नुभएको हो । शालिक अनावरणसँगै कोटी हवन शान्ति कलश  स्तम्भ समेत शिलान्यास गरिएको छ ।

पानीको फोहोरासहितको आकर्षकस्थल निर्माणका लागि नगरपालिकाले रु १८ लाख रकम विनियोजन गरेको थियो । योगीको अर्धकदको शालिक ईश्वरकृष्ण महाराजले सौजन्य  गर्नुभएको हो । कोटी होम परिसरको भौतिक पूर्वाधार पुनःनिर्माणका लागि सङ्घीय सांसद साँवाबाट प्राप्त रु ५० लाख बजेट खर्च भइसकेको बताइएको छ । कोटीहोम परिसरमा चाँडै क्यामेरा जडानका लागि आवश्यक तयारी भइरहेको संस्थाका वरिष्ठ उपाध्यक्ष नारायण ओलीले बताउनुभयो । रासस