८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने

पुडुचेरीका विधायकहरू पोखरामा

पुडुचेरीका विधायकहरू पोखरामा
अ+ अ-

गण्डकी । भारतको पुडुचेरी प्रदेशका सभामुख आर सेल्वमसहितको टोली मैत्रीपूर्ण भ्रमण तथा अनुभव आदानप्रदानका क्रममा सोमबार पोखरा आइपुगेको छ । गण्डकी प्रदेशसभाको निमन्त्रणमा आएको उक्त भ्रमणदलका सदस्यलाई सभामुख कृष्णप्रसाद धिताल, उपसभामुख बिनाकुमारी थापालगायले ढोका टोपी र माला लगाएर प्रदेशसभा परिसरमा स्वागत गर्नुभएको थियो ।

स्वागतपछि आयोजित परिचयात्मक कार्यक्रममा पुडुचेरीका सभामुख सेल्वमले गण्डकी प्रदेशसभाका सभामुखसहित प्रदेशसभा सदस्यलाई पुडुचेरी भ्रमणका लागि निमन्त्रणा गर्नुभएको थियो । उहाँले पोखराजस्तै पुडुचेरी पनि पर्यटकीय महत्वको स्थल भएको बताउँदै दुई प्रदेशबीचको पर्यटन विकासमा भ्रमणले सघाउ पुर्याउने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा गण्डकी प्रदेशसभाका सभामुख धितालले दुई प्रदेशबीच मित्रवत् सम्बन्ध विस्तारमा भ्रमण महत्त्वपूर्ण रहेको बताउनुभयो ।

“मित्रराष्ट्र भारत र नेपालबीचको सम्बन्धलाई पनि यो भ्रमणले टेवा पुग्ने छ, नेपाल सधैँ शान्तिपूर्ण सहअस्तित्व र विविधतामा एकताको पक्षमा रहँदै आएको छ”, उहाँले भन्नुभयो, “पर्यटकीय राजधानी पोखरामा भएको यस भ्रमणले यहाँको पर्यटन प्रवर्द्धनमा पनि महत्त्वपूर्ण टेवा पुग्ने विश्वास लिएका छौँ ।” उपसभामुख बिनाकुमारी थापाले दुई प्रदेशका बीच भएको अनुभव आदानप्रदानले संसदीय अभ्यासबारे थप बुझ्ने अवसर प्राप्त भएको बताउनुभयो ।

त्यस अवसरमा गण्डकी प्रदेशसभाको संरचना, कामकारबाही र उपलब्धिबारे प्रस्तुतिकरण गरिएको थियो । भ्रमण टोलीमा पुडुचेरी प्रदेशका उपसभामुख पी राजवेलु, पर्यटनमन्त्री के लक्ष्मीनारायणनलगायत विधानसभा सदस्यहरू सहभागी छन् । उक्त टोलीले पोखराको पर्यटकीय तथा धार्मिकस्थलको भ्रमण गर्ने कार्यक्रम तय भएको गण्डकी प्रदेशसभा सचिवालयले जनाएको छ । रासस