९ भाद्र २०८३, मंगलवार
,
Latest
आहा, यस्तो पो झरना ! मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द टाइफुन नाराका कारण दक्षिण चीनमा भीषण बाढीः करिव ४ हजार नागरिक सुरक्षित स्थानमा सारिए लाल सागरमा साउदी तेल ट्याङ्कर र सैन्य बलमाथि हुथी समूहद्वारा आक्रमणको दाबी पूर्वी प्रशान्त क्षेत्रमा अमेरिकी सेनाको कारबाहीः लागुऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएको डुङ्गामाथि आक्रमण, दुई… राप्ती आँखा अस्पतालमा एक वर्षमा १४ हजार जनाको मोतियाविन्दुको शल्यक्रिया खर्च गर्न नसकिने बजेट किन बनाउँछन् स्थानीय तह ? पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीप्रति अभिनेतृ रेखा थापाको कटाक्ष– ‘लालसेना खोज्न मधेशतिर हिँडेछन्’



अ+ अ-

काठमाडौं । अभिनेत्रीसमेत रहेकी राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले नेकपा माओवादी केन्द्रले गरिरहेको मधेश केन्द्रित अभियानप्रति कटाक्ष गरेकी छन् ।

अभिनेतृ थापाले आज सामाजिक सञ्जालबाट माओवादी केन्द्रप्रति तिखो टिप्पणी गरेकी हुन् । उनले माओवादीले आफ्नो सत्ता आएपछि जे पनि गर्छु भनेर जनतालाई आश्वासन दिएको तर आफ्नै आधार इलाकामा जनताले पत्याउन छाडेको बताएकी छन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्–

‘हाम्रो सत्ता आएपछी सुनको चर्पी हुन्छ भनेको होइन र ? फेरी एक चोटि मधेस तिर लालसेना खोज्न हिंडेछन काम्रेडहरु, पुराना आधार ईलाकामा पत्याउन छोडे कि क्या हो ?

चटक पनि कती जानेका ? यो देशमा सत्ता बाहिर बस्न यती पिडा महसुस गर्ने माओवादी, आफ्नो समिक्षा कहिले गर्ला ? छातीमा गोली थाप्नेहरु हराए, युद्दमा लाग्ने लस्कर हराए, देशमा नयाँ युग ल्याउछौ भन्नेहरु हराए, अब फेरी अभिनय किन ? बरु सिधै भन्नु नि– हामी राजनीतिमा भाईरल हुने अधुरो रहर बोकेर गाउ छिरेका छौ ।’