काठमाडौं । अभिनेत्रीसमेत रहेकी राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले नेकपा माओवादी केन्द्रले गरिरहेको मधेश केन्द्रित अभियानप्रति कटाक्ष गरेकी छन् ।
अभिनेतृ थापाले आज सामाजिक सञ्जालबाट माओवादी केन्द्रप्रति तिखो टिप्पणी गरेकी हुन् । उनले माओवादीले आफ्नो सत्ता आएपछि जे पनि गर्छु भनेर जनतालाई आश्वासन दिएको तर आफ्नै आधार इलाकामा जनताले पत्याउन छाडेको बताएकी छन् ।
उनले सामाजिक सञ्जालमा लेखेकी छन्–
‘हाम्रो सत्ता आएपछी सुनको चर्पी हुन्छ भनेको होइन र ? फेरी एक चोटि मधेस तिर लालसेना खोज्न हिंडेछन काम्रेडहरु, पुराना आधार ईलाकामा पत्याउन छोडे कि क्या हो ?
चटक पनि कती जानेका ? यो देशमा सत्ता बाहिर बस्न यती पिडा महसुस गर्ने माओवादी, आफ्नो समिक्षा कहिले गर्ला ? छातीमा गोली थाप्नेहरु हराए, युद्दमा लाग्ने लस्कर हराए, देशमा नयाँ युग ल्याउछौ भन्नेहरु हराए, अब फेरी अभिनय किन ? बरु सिधै भन्नु नि– हामी राजनीतिमा भाईरल हुने अधुरो रहर बोकेर गाउ छिरेका छौ ।’










