९ भाद्र २०८३, मंगलवार
,
Latest
आहा, यस्तो पो झरना ! मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द टाइफुन नाराका कारण दक्षिण चीनमा भीषण बाढीः करिव ४ हजार नागरिक सुरक्षित स्थानमा सारिए लाल सागरमा साउदी तेल ट्याङ्कर र सैन्य बलमाथि हुथी समूहद्वारा आक्रमणको दाबी पूर्वी प्रशान्त क्षेत्रमा अमेरिकी सेनाको कारबाहीः लागुऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएको डुङ्गामाथि आक्रमण, दुई… राप्ती आँखा अस्पतालमा एक वर्षमा १४ हजार जनाको मोतियाविन्दुको शल्यक्रिया खर्च गर्न नसकिने बजेट किन बनाउँछन् स्थानीय तह ? पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिथिला मध्यमा परिक्रमामा ‘हेल्प डेस्क’ सञ्चालन



अ+ अ-

जलेश्वर। मिथिला मध्यमा परिक्रमाका भक्तजनको सुविधाका लागि नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपाल, धनुषाको संयुक्त आयोजनामा मठियानीमा ‘हेल्प डेस्क’ सञ्चालन गरिएको छ ।

उक्त हेल्प डेस्कबाट दुई हजारभन्दा बढी श्रद्धालुले सेवा लिएका थिए । सो अवसरमा भक्तजनलाई पानी र चिया वितरण गरिनुका साथै व्यवस्थित यात्राबारे जानकारी समेत दिइएको हेल्प डेस्क संयोजक दिपक यादवले जानकारी दिनुभयो । नेपाल र भारतको एतिहासिक तथा पौराणिक सम्बन्ध, परिक्रमाको महत्व तथा खुला सीमाको अपरिहार्यता र अनिवार्यताबारे नेपाल–भारत खुला सीमा संवाद समूहका अध्यक्ष डा राजीव झाले जानकारी दिनुभएको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष डा झासहित कार्यक्रम संयोजक यादव, राष्ट्रीय मुक्ति पार्टीका नेता विनोदकुमार ठाकुर, क्लोथ बैंक नेपालका धनेश्वर ठाकुर, कृष्णकुमार साह र खुला सीमा संवाद समूहका मधुवनी प्रतिनिधि विपिन झालगायतको उपस्थिति रहेको थियो ।

हेल्प डेस्कको उक्त  सेवा परिक्रमाका क्रममा अन्य बासाहरु मडै, ध्रुबकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, औरहीलगायतका स्थानमा पनि जारी रहने बताइएको छ । रासस