९ भाद्र २०८३, मंगलवार
,
Latest
आहा, यस्तो पो झरना ! मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द टाइफुन नाराका कारण दक्षिण चीनमा भीषण बाढीः करिव ४ हजार नागरिक सुरक्षित स्थानमा सारिए लाल सागरमा साउदी तेल ट्याङ्कर र सैन्य बलमाथि हुथी समूहद्वारा आक्रमणको दाबी पूर्वी प्रशान्त क्षेत्रमा अमेरिकी सेनाको कारबाहीः लागुऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएको डुङ्गामाथि आक्रमण, दुई… राप्ती आँखा अस्पतालमा एक वर्षमा १४ हजार जनाको मोतियाविन्दुको शल्यक्रिया खर्च गर्न नसकिने बजेट किन बनाउँछन् स्थानीय तह ? पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्ववियु निर्वाचन : पाल्पाका चार क्याम्पसमा १३ संगठन दर्ता



अ+ अ-

पाल्पा। आगामी चैत ५ गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनका लागि पाल्पाका चार क्याम्पसमा १३ वटा सङ्गठन दर्ता भएका छन् ।

आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचनका लागि सङ्घ, सङ्गठन र समूह दर्ता गर्ने समय निर्धारण गरिएको थियो । सबैभन्दा धेरै मतदाता रहेको त्रिभुवन बहुमुखी क्याम्पस तानसेनमा पाँच सङ्गठन र एउटा समूहले दर्ता गरेका छन् । यहाँ नेपाल विद्यार्थी सङ्घ, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन, (क्रान्तिकारी) अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (समाजवादी), अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन, (छैटाँै) र विएसी स्वतन्त्र विद्यार्थी समूहले दर्ता गरेको क्याम्पस प्रमुख टङ्कप्रसाद पन्थले जानकारी दिनुभयो ।

यहाँ दुई हजार मतदाता रहेका छन् । यहाँको सहिद बहुमुखी क्याम्पस रामपुरमा तीन वटा सङ्घ÷सङ्गठन दर्ता भएका छन् । यहाँ करिब सात सय मतदाता रहेका छन् । यसैगरी माण्डव्य बहुमुखी क्याम्पस दकमडामा दुई र उद्वुद्ध कलेज पूर्वखोलामा दुई सङ्गठन दर्ता भएका छन् ।

चुनाव आउन १५ दिन मात्र बाँकी रहँदा यहाँका क्याम्पसमा विभिन्न विद्यार्थी सङ्गठनले चुनाव केन्द्रित गतिविधि गरिरहेका छन् । रासस