१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

अभिशाप बन्यो युरेनियम खानी

अभिशाप बन्यो युरेनियम खानी
अ अ+ अ-

हेटौँडा। बस्ती नजिकै प्राकृतिक स्रोत, सम्पदा उपलब्धता हुँदाको प्रत्यक्ष अप्रत्यक्ष फाइदा स्थानीय बासिन्दाले मनग्गे लिने गरेका उदाहरण धेरै भेटिने गरेका छन् । प्राकृतिक सम्पदा वरदान साबित हुँदा स्थानीय बासिन्दाको आर्थिक स्तरमा वृद्धि भई जीवनशैलीमा पनि परिवर्तन हुने गरेको छ तर मकवानपुरको चुरे, शिवालिक भेगका बासिन्दाका लागि बस्ती नजिकै रहेको युरेनियम खानी वरदान होइन, अभिशापजस्तै भएको छ ।

खानी नजिकका बासिन्दा वर्षौंदेखि युरेनियम विकिरणयुक्त पानी खान बाध्य हुँदै आएका छन्, जसका कारण यहाँका बासिन्दा जटिल खालका रोगबाट पीडित हुने गरेका छन् । जिल्लाको बकैया गाउँपालिका–२ स्थित धियाल क्षेत्रमा खोज अनुसन्धानबाट युरेनियमको खानी भेटिएको पत्ता लागेको लामो समय भइसक्दासमेत उचित व्यवस्थापन नहँुदा स्थानीयवासीका लागि युरेनियम खानी दुःख बन्दै आएको छ । खानी नजिकका बासिन्दालाई रोजगारीका अवसर दिनुपर्ने बेलामा खानी पत्ता लागेर पनि सुखको अनुभूति गर्न सकेका छैनन् ।

सन् १९९० को दशकमा साबिकको धियाल गाउँ विकास समितिमा पर्ने कालापानी खोला, तीनभँगाले, आँपदमार खोलालगायत स्थानमा अन्वेषणबाट बहुमूल्य युरेनियम खानी फेला पर्दा अन्वेषणकर्ता र सरकारी अधिकारीहरू जति खुसी थिए, त्योभन्दा बढी स्थानीय बासिन्दाले हर्ष मनाएका थिए । स्थानीय बासिन्दामा विकास आउने आशा र अपेक्षा थियो तर अहिले युरेनियम खानी हुँदै बग्ने पानी खान बाध्य स्थानीय बासिन्दाका लागि युरेनियम खानी वरदान होइन, अभिशापमा परिणत हुँदै गएको छ ।

खानी तथा भूगर्भ विभागले पछिल्लो पटक आर्थिक वर्ष २०६९÷२०७० र आव २०७०÷२०७१ मा प्रारम्भिक अन्वेषण गरेको थियो । खानेपानीको वैकल्पिक स्रोतको व्यवस्था नहुँदा कालापानी, बरबोट, झल्ला, तीनभँगाले, दोभान, लामाडाँडा, टोङटोङ बस्तीका झन्डै तीन सय घरधुरीसहित स्थानीय भूमेश्वरी आधारभूत विद्यालयका छात्रछात्रा युरेनियम खानीबाट निस्किएको विकिरणयुक्त पानी पिउन बाध्य छन् ।

बकैया गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष वीरमान बलले कालापानी क्षेत्रमा युरेनियम खानी भएको भन्दै अन्वेषण गर्न आउने र पानी, ढुङ्गा, माटोलगायत थप अनुसन्धानका लागि लैजाने काम मात्र हुने गरेको जानकारी दिनुभयो । कालापानी शिरमा रहेको खानी क्षेत्रबाट निस्कने पानी सेतो लेदोसहित आउने दुर्गन्धित हुने गरेको बताउँदै उहाँले खानी क्षेत्रबाट निस्कने पानी पिउन बाध्य भएको बताउनुभयो ।

युरेनियम खानी क्षेत्रबाट निस्कने रसायनयुक्त पानी खानपान गरेका स्थानीयवासीमा पेटको समस्या, दिसा खराब हुने, आन्द्रामा घाउ हुनेलगायत समस्या देखिने गरेको बताउँदै उहाँले भन्नुभयो, “विकिरणयुक्त पानीकै कारण कति व्यक्तिको क्यान्सर भएर मृत्यु भएको छ । पेट र छालासम्बन्धी कैयौँ रोगको घर नै यो पानी भएको छ । यो थाहा हुँदाहुँदै पनि यहाँका बासिन्दा पानी प्रयोग गर्न बाध्य छन् । विकल्प केही छैन ।” धियाल स्वास्थ्य चौकीका अनमी होमकुमारी तिमिल्सिनाले युरेनियम खानी क्षेत्रबाट आउने पानीको प्रयोग गर्ने स्थानीय बासिन्दामा छालासम्बन्धी रोग देखिएको भन्दै छाला कालो हुने, चिलाउने र घाउ हुने समस्या पाइने गरेको बताउनुभयो ।

खानी तथा भूगर्भ विभागले भूकम्पपछि कालापानी क्षेत्रमा युरेनियमको थप अन्वेषण गरेको छैन । रेडियोधर्मी पदार्थ ९उपयोग तथा नियमन० ऐन २०७७ सङ्घीय संसद्ले बनाए पनि ऐन कार्यान्वयनका लागि निर्देशिका र नियमावली बन्न नसक्दा युरेनियम खानीको अध्ययन, अनुसन्धान र उपयोगसम्बन्धी थप प्रक्रिया अगाडि बढ्न नसकेको हो । विभागले मकवानपुरको धियाल क्षेत्रमा रहेको युरेनियम खानीभन्दा अन्यत्रको खानीलाई अन्वेषणमा प्राथमिकतामा राखेको छ ।

हालसम्मको अनुसन्धानअनुसार धियाल क्षेत्रमा रहेको युरेनियम खानी क्षेत्रबाट निस्कने रेडियोधर्मी गतिशील नदेखिएकाले त्यसबाट निस्कने विकिरणको प्रभाव कम रहेको विभागको दाबी छ । विभागको खनिज अन्वेषण शाखाका सिनियर डिभिजनल भूगर्भविद् धर्मराज खड्काले युरेनियम खानी क्षेत्रको अन्वेषण गर्दा रेडियोधर्मी विकिरणको प्रभाव कम देखिएको दाबी गर्नुभयो ।

सन् १९९० को दशकमा अन्वेषण गर्दा मकवानपुरको धियाल क्षेत्रमा ३५ टन युरेनियम भएको अनुमान गरिएकोमा पछिल्लो पटक गरिएको अन्वेषणबाट ४७ टन युरेनियम भएको अनुमान गरिएको छ । वडाध्यक्ष बलले युरेनियम खानीबाट स्थानीय बासिन्दा प्रभावित भएको भन्दै आफू निर्वाचित भएर आएदेखि आवाज उठाउँदै आए पनि प्रदेश र सङ्घीय सरकारले सुनुवाइ नगरेको बताउनुभयो । उहाँका अनुसार गाउँपालिका सभाबाट बस्ती स्थानान्तरणसहित समस्या समाधान गर्न प्रदेश सरकारलाई अनुरोधसहितको पत्राचार गरिसकिएको छ तर मागको सुनुवाइ नभएकाो राममणि दाहालले गोरखापत्रमा लेख्नु भएको छ ।