२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ News Polar दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम News Polar अब नागरिकले चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने News Polar बिमस्टेक बैठकमा नेपालको प्रस्ताव : क्षेत्रीय विपद् संयन्त्र र संयुक्त कार्यदल गठन गर्नुपर्ने News Polar बिमस्टेक बैठकमा सहभागी भएर गृहमन्त्री गुरुङ आज स्वदेश फर्किँदै News Polar चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु News Polar १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सकियो, अनुमोदनको निर्णय हुन बाकी News Polar प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता News Polar देशभर २४ घण्टामा १५ विपद्का घटना, १० घाइते News Polar जुम्लाका २२० नागरिकले घरमै पाए राहदानी News Polar विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा News Polar इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान News Polar सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन माग News Polar सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयको पत्राचार News Polar निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड News Polar नेपालबाट बाहिरियो मनसुन, दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान News Polar ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै News Polar दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन

म्यानमाका जुन्ता प्रमुखले प्रमुख सहयोगी पुटिनसँग भेटवार्ता गर्ने

म्यानमाका जुन्ता प्रमुखले प्रमुख सहयोगी पुटिनसँग भेटवार्ता गर्ने
अ अ+ अ-

याङ्गुन। म्यानमाका जुन्ता प्रमुख सोमबार रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ताका लागि प्रस्थान गर्नुभएको छ । रुस सैन्य शासनको हिंसात्मक विरोधलाई रोक्न सङ्घर्ष गरिरहेको एकान्त राज्यका लागि प्रमुख सहयोगी र हतियार आपूर्तिकर्ता हो ।

सन् २०२१ को विद्रोहमा सत्ता कब्जा गर्ने मिन आङ ह्लाइङले उच्च पदस्थ अधिकारीहरूको टोलीसहित राजधानी नेपिडोबाट प्रस्थान गर्नुभएको र मङ्गलबार पुटिनलाई भेट्ने कार्यक्रम रहेको जुन्ताको सूचना सेवाले जनाएको छ । विश्लेषकहरूका अनुसार जुन्ता सरकारले धेरै मोर्चामा जातीय अल्पसङ्ख्यक सशस्त्र समूहहरू र प्रजातन्त्र समर्थक गुरिल्लाहरूसँग लडिरहेकाले मस्कोको समर्थन विशेष गरी वायु सेनाका लागि सैन्य प्रशासनका लागि अत्यावश्यक बनेको छ ।

सन् २०२३ को विद्रोही आक्रमणपछि जुन्ताले महत्वपूर्ण क्षेत्रीय नोक्सानी भोगेको थियो तर यसको हवाई शक्तिले विपक्षी बलहरूको अग्रगमनलाई रोक्न महत्त्वपूर्ण भूमिका खेलेको छ । “रुसले उनीहरूको वायु फ्लिटलाई चलायमान राख्न मद्दत गर्दै अमूल्य भूमिका निभाएको छ”, अन्तर्राष्ट्रिय रणनीतिक अध्ययन संस्थान थिङ्क ट्याङ्कका अनुसन्धान फेलो मोर्गन माइकल्सले भन्नुभयो, “हामीलाई रूसी प्राविधिकहरूले म्यानमाको वायु सेनालाई अपरेसनको गति कायम राख्न मद्दत गरेको शङ्का छ ।

रुसको सरकारी मिडियाका अनुसार दुई वर्षभन्दा बढी समयपछि पुटिन र मिन आङ ह्लाइङबीचको यो पहिलो भेट हुनेछ । “पक्षहरूले पारस्परिक फाइदाजनक रुस–म्यानमा सहयोगको थप विकासका साथै सामयिक अन्तर्राष्ट्रिय मुद्दाहरूका सम्भावनाहरूबारे छलफल गर्नेछन्”, क्रेमलिनको एक विज्ञप्तिमा भनिएको छ ।

सन् २०२१ को विद्रोहपछि म्यानमा र सन् २०२२ मा युक्रेनमा पूर्ण आक्रमण गरेपछि रुसलाई पश्चिमी प्रतिबन्धको झनझनाहटले असर गरेको छ । विश्लेषकहरूका अनुसार दुवै देशले दण्डात्मक उपायहरूलाई सन्तुलन गर्न मित्रवत् राष्ट्रहरूसँग बलियो सम्बन्ध विकास गर्न खोजिरहेका छन् । तर आदानप्रदान सैन्य र व्यापारमा मात्र सीमित छैन । रूसी राज्य समाचार एजेन्सी तासका अनुसार जनवरीमा म्यानमाले मस्कोको ग्रेट सर्कसलाई ‘मित्रताको प्रतीकका रूपमा’ छवटा हात्ती उपहार दिएको थियो । रासस/एएफपी