२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ News Polar दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम News Polar अब नागरिकले चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने News Polar बिमस्टेक बैठकमा नेपालको प्रस्ताव : क्षेत्रीय विपद् संयन्त्र र संयुक्त कार्यदल गठन गर्नुपर्ने News Polar बिमस्टेक बैठकमा सहभागी भएर गृहमन्त्री गुरुङ आज स्वदेश फर्किँदै News Polar चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु News Polar १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सकियो, अनुमोदनको निर्णय हुन बाकी News Polar प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता News Polar देशभर २४ घण्टामा १५ विपद्का घटना, १० घाइते News Polar जुम्लाका २२० नागरिकले घरमै पाए राहदानी News Polar विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा News Polar इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान News Polar सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन माग News Polar सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयको पत्राचार News Polar निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड News Polar नेपालबाट बाहिरियो मनसुन, दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान News Polar ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै News Polar दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन

‘आन्तरिक जलमार्ग नियमनमा ध्यान केन्द्रित गर्नुपर्ने’

‘आन्तरिक जलमार्ग नियमनमा ध्यान केन्द्रित गर्नुपर्ने’
अ अ+ अ-

काठमाडौँ। नेपाल कानुन आयोगका पूर्वअध्यक्ष माधव पौडेलले आन्तरिक जलमार्ग नियमन गर्ने विषयमा बढी ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा ‘पानीजहाजको सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८१’ बारे आज यहाँ गरिएको छलफलमा पूर्वअध्यक्ष पौडेलले यो ऐन आएर तुरुन्त पानीजहाज चलिहाल्छ भन्नेभन्दा पनि कुनै पनि बेला आफ्नै पानीजहाज चलाउन सकिन्छ भन्ने विश्वास भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले नै हामीले तुरुन्तै ठुला पानीजहाज निर्माण गरेर विदेशमा निर्यात गर्ने कल्पना गर्न सकिन्न । स–सानो पानीजहाज वा जलयान बनाउन सक्ने सम्भावना हुन सक्छ ।” पूर्वअध्यक्ष पौडेलले नेपालजस्तै विभिन्न भूपरिवेष्ठित मुलुकले पानीजहाज चलाएको, अन्तराष्ट्रिय व्यापार गरेको उदाहरण दिँदै भन्नुभयो, “स्वीट्जरल्यान्ड, अस्ट्रेलिया, लक्जमबर्गले कहिले पनि भूपरिवेष्ठित मुलुक भएको महसुस गरेनन् । विश्वका विभिन्न महादेश र मुलुकलाई जोड्ने यो भरपर्दाे र प्रभावकारी पुरानो यतायातको साधान मानिएको छ । विश्वको ७० प्रतिशतभन्दा बढी विदेशी व्यापार पानीजहाजबाटै मात्रै हुन्छ, थोरैमात्र रेलवे र हवाई जहाजबाट हुन्छ ।”

समुद्रमा प्रवेश गर्ने अधिकार दिए पनि तटीय मुलुकसँग भुपरिवेष्ठित मुलुकको राम्रो सम्बन्ध भएन भने त्यसले असर पार्ने पूर्वअध्यक्ष पौडेलले उल्लेख गर्नुभयो । उहाँले यो विधेयकमा थुप्रै अवधारणा र नीतिगत परिमार्जनको आवश्यकता रहेको बताउनुभयो । बैठकमा सहभागी सांसद तारामान स्वाँरले विधेयकबारे छलफल गरिरहँदा समुद्रसम्म हाम्रो पहुँच पुग्छ वा पुग्दैन भन्ने विषयमा सोच्नुपर्ने बताउनुभयो ।

जलमार्गको पूर्वाधार तयार गर्न नीतिगत सुधार गर्नुपर्ने उहाँको धारणा थियो । सांसद डा.वेदुराम भुसालले आन्तरिक जलमार्ग व्यवस्थित र विस्तार गर्ने विषयमा यो ऐनले सहयोग गर्न सक्छ वा सक्दैन भन्नेबारे प्रश्न राख्नुभयो । उहाँले विधेयकमा थुप्रै अधिकार प्रत्यायोजित गरिएकाले यसमा परिमार्जन आवश्यक रहेको बताउनुभयो ।

सांसद सुमित्रा बिसीले जलमार्गबाट ढुवानी तथा यातायात गर्दा समयको बचत तथा आर्थिक रूपले पनि राहत पुग्ने भएकाले यो विधेयक उपयोगी रहेको बताउनुभयो ।

विधेयक पारित भए पश्चात् आन्तरिक जलमार्गमा सञ्चालन हुने पानीजहाजको दर्ता तथा नियमन भइ पानीजहाज सेवा सुरक्षित, स्तरीय, विश्वसनीय, नियमित र व्यवस्थित हुनुका साथै समुद्रमा सञ्चालन हुने पानीजहाजको दर्ता, सर्भे तथा झण्डासम्बन्धी व्यवस्था प्रभावकारीरूपमा कार्यान्वयन भइ समुद्रमा नेपाली ध्वजाबाहक पानीजहाज सञ्चालन सम्भव हुने र यसबाट देशको आर्थिक विकासमा सघाउ पुग्ने विश्वास गरिएको छ । रासस