२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ News Polar दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम News Polar अब नागरिकले चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने News Polar बिमस्टेक बैठकमा नेपालको प्रस्ताव : क्षेत्रीय विपद् संयन्त्र र संयुक्त कार्यदल गठन गर्नुपर्ने News Polar बिमस्टेक बैठकमा सहभागी भएर गृहमन्त्री गुरुङ आज स्वदेश फर्किँदै News Polar चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु News Polar १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सकियो, अनुमोदनको निर्णय हुन बाकी News Polar प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता News Polar देशभर २४ घण्टामा १५ विपद्का घटना, १० घाइते News Polar जुम्लाका २२० नागरिकले घरमै पाए राहदानी News Polar विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा News Polar इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान News Polar सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन माग News Polar सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयको पत्राचार News Polar निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड News Polar नेपालबाट बाहिरियो मनसुन, दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान News Polar ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै News Polar दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन

मानव-वन्यजन्तु द्वन्द्वको मारमा विपन्न वर्ग

मानव-वन्यजन्तु द्वन्द्वको मारमा विपन्न वर्ग
अ अ+ अ-

काठमाडौं। सरोकार भएकाहरूले मानव-वन्यजन्तु द्वन्द्वको मारमा विपन्न वर्ग पर्ने गरेको बताएका छन् ।

नेपाल वन प्राविधिक सङ्घ (एनएफए) को स्वर्ण महोत्सवका अवसरमा सोमबार आयोजित ‘मानव वन्यजन्तु द्वन्द्व र वन डढेलो व्यवस्थापन’ विषयक नीति संवादमा सरोकार भएकाहरूले जङ्गल नजिक बस्ने र प्राकृतिक स्रोतको प्रयोग गर्ने भएकाले विपन्न वर्ग वन्यजन्तुको आक्रमणमा पर्ने गरेको बताएका हुन् ।

संवादमा वन अभियन्ता मिरा ढकालले पछिल्लो समय मानव-वन्यजन्तुबीच द्वन्द्व बढ्दै गएकाले यसले गम्भीर समस्या निम्त्याएको र सबैभन्दा बढी ग्रामीण क्षेत्रका विपन्न वर्ग मारमा परेको बताइन्।

‘गरिब तथा विपन्न नागरिक नै जङ्गलमा घाँस, दाउरा, काठ संकलन गर्न जान्छन्, त्यसैले पनि वन्यजन्तुको आक्रमणमा पर्छन्’, उनले भनिन्, ‘वन्यजन्तु बस्तीमा पस्दा पनि आसपासका मानिसको जीवनयापनमा समस्या उत्पन्न भइरहेको छ ।’

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनविद् डा दिनेश न्यौपानेले वन्यजन्तुको प्राकृतिक विनाश, वन आवास अतिक्रमण र कटानी, सहरीकरण, जङ्गल आसपासमा बस्ती बढ्दै जानेलगायत कारणले वन्यजन्तु मावबस्तीमा प्रवेश गरिरहेकाले द्वन्द्व बढ्दै गएको बताए।

‘जङ्गलमा पिउने पानी र खाद्यान्नको अभावका कारण पनि वन्यजन्तुलाई बस्तीमा छिरिरहेका छन् । खुला भान्सा भएको र रक्सी बनाउँदा त्यसका गन्दले पनि घरमा वन्यजन्तु पस्ने गर्छन् । यसमा सचेत हुनुपर्ने आवश्यकता छ’, उनले भने।

राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव डा नरेश सुवेदीले वन्यजन्तु बस्तीमा छिर्दा मानिसहरूले देखाउने व्यवहार र संयमता नअपनाउँदा द्वन्द्वका घटना भइरहेका बताए।

‘पहिले पनि पनि मानव वन्यजन्तु द्वन्द्वका घटना हुन्थे । हाल मिडियाका कारण घटना बाहिर आए । वन्यजन्तु बस्तीमा छिर्दा झस्काउने, ढुङ्गा हान्ने, होहल्ला गर्ने तर संयमित नहुने र सतर्कता नअपनाउनेजस्ता कारणले वन्यजन्तुले आक्रमण गर्छन् । वन्यजन्तु र मानिसबीचको द्वन्द्व घटाउन स्थानीय सुरक्षा बललाई थप तालिम र प्रविधि दिनु आवश्यक छ’ उनले भने।

विश्व वन्यजन्तु कोषका राष्ट्रिय प्रतिनिधि डा धनश्याम गुरुङले वन्यजन्तु र मानिसबीचको द्वन्द्व घटाउन सकिने बताए। उनले वन्यजन्तुको वासस्थानमा चुनौती, घाँसे मैदान नास हुँदै गएकालगायत कारणले वन्यजन्तु बस्तीमा छिर्न बाध्य भएको धारणा राखे । जङ्गलको छेउछाउँमा लगेर बस्ती बसाल्ने प्रवृत्तिले पनि द्वन्द्व बढाएकाले यस विषयमा सबै गम्भीर हुनुपर्ने उनको भनाइ थियो ।

वन विज्ञान अध्ययन संस्थानका डिन डा डाकुर सिलवालले वन्यजन्तु र मानिसबीचको द्वन्द्व घटाउन वन्यजन्तुको वासस्थान प्रवर्द्धन र नियन्त्रणका परम्परागत ज्ञान प्रवर्द्धनमा जोड दिए।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप–महानिर्देशक वेदप्रसाद ढकालले वन्यजन्तु र मानिसबीचको द्वन्द्व घटाउन विस्तृत छलफल जरुरी रहेको बताए।

‘वन्यजन्तुको संरक्षण र मानव जीवनको सुरक्षा दुवै महत्त्वपूर्ण छन् । द्वन्द्व व्यवस्थापन कसरी गर्ने यसमा विस्तृत बहस गरी उपयुक्त उपाय पहिचान गर्न आवश्यक छ’, उनले भने।