२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ News Polar दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम News Polar अब नागरिकले चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने News Polar बिमस्टेक बैठकमा नेपालको प्रस्ताव : क्षेत्रीय विपद् संयन्त्र र संयुक्त कार्यदल गठन गर्नुपर्ने News Polar बिमस्टेक बैठकमा सहभागी भएर गृहमन्त्री गुरुङ आज स्वदेश फर्किँदै News Polar चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु News Polar १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सकियो, अनुमोदनको निर्णय हुन बाकी News Polar प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता News Polar देशभर २४ घण्टामा १५ विपद्का घटना, १० घाइते News Polar जुम्लाका २२० नागरिकले घरमै पाए राहदानी News Polar विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा News Polar इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान News Polar सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन माग News Polar सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयको पत्राचार News Polar निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड News Polar नेपालबाट बाहिरियो मनसुन, दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान News Polar ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै News Polar दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन

अध्यादेश पारित गर्न सरकार नै सांसद किनबेचमा लागेको आरोप सत्ता पक्षबाटै लगाईएको छ, सरकारले तत्काल स्पष्ट पारोस : साह

अध्यादेश पारित गर्न सरकार नै सांसद किनबेचमा लागेको आरोप सत्ता पक्षबाटै लगाईएको छ, सरकारले तत्काल स्पष्ट पारोस : साह
अ अ+ अ-

काठमाडौं। आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले अहिलेको कांग्रेस–एमाले सरकार असफल भैसकेकोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल राजीनामा दिन मागेका छन् ।

सरकारकै संयन्त्रले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकन (अर्धवार्षिक रिपोर्ट कार्ड) मा प्रधानमन्त्री आँफै फेल भएको भन्दै कुन नैतिकताले सरकारको नेतृत्वमा बस्न मिल्छ भन्दै साहले प्रश्न गरेका छन् । आज (सोमबार) काठमाडौंमा मिडिया सेन्टरद्धारा आयोजित विशेष साक्षात्कारमा बोल्दै साहले सरकारको नेतृत्वकर्ता नै फेल भएपछि सरकारमा कुन मोरल लिएर बस्न सकेको भन्दै प्रधानमन्त्री ओलीको आलोचना गरे ।

उनले भने,‘देशको नेतृत्वकर्ता नै फेल भएपछि देश कसरी उँभो लाग्छ ? कार्यसम्पादन मूल्यांकनमा उहाँ आँफै फेल हुनुभयो, लाजमर्दो कुरा त के छ भने उहाँको क्याविनेटमा आधाभन्दा बढि मन्त्रीहरु नै फेल भएका छन् । यो फेलियरहरुको सरकार पुष्टि भैसक्यो, अनि कसरी देशमा सुशासन र विकास हुन्छ त ?’ प्रधानमन्त्री ओलीसहित १२ जना मन्त्रीहरुको कार्यसम्पादन रिपोर्टअनुसार ३५ प्रतिशत अंक आएको छैन् । प्रधानमन्त्री ओलीको जम्मा २८ प्रतिशतमात्रै अंक आएको छ ।

साहले अहिले सत्ता गठबन्धनमा समेत कलह देखिएको दाबी गरे । उनले देश दलतन्त्रको दलदलमा फसेको र मुलुक महासंकटमा पुगेको गम्भीर आरोप लगाए । साहले अहिलेको सरकार सबै मोर्चामा असफल भएको र स्वयम प्रधानमन्त्री ओलीमा सरकारको नेतृत्वमा निरन्तरताको विषय नैतिक संकटमा परेको टिप्पणी गरे । उनले अहिलेको सरकारको व्यवहारको कारण जनताको हाल बेहाल भएको र मुलुक दिनानुदिन असफल राष्ट्रको यात्रामा अघि बढेको गम्भीर आरोप लगाए । उनले राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा अहिले ठूलो विचलन र संकट आएको दाबी गरे ।

पूर्वमन्त्री साहले सरकारको नेतृत्वकर्ता नै प्रश्नहरूबाट भागिरहेको आरोप लगाए । उनले भने,‘अहिलेका प्रधानमन्त्री प्रश्न सुन्नै रुचाउनुहुन्न, उहाँकाअघि हामी सांसदहरुको प्रश्न त वर्जित छन्, सर्वसाधारण जनताको प्रश्नको त कुनै पहुँच नै हुँदैन । उहाँ संसद्, संविधान र सडक मास्न उद्धत हुनुहुन्छ । संसद् छलेर अध्यादेशको शासनको आतंक मच्चाउनुभएको छ, तर आँफैले ल्याएका अध्यादेश अहिले अलपत्र परेका छन् । अध्यादेश पारित गराउने सामान्य बहुमतपनि नभएको कुरा पुष्टि भैसकेको छ, नत्र एक महिना बितिसक्दापनि ती अध्यादेश निर्णयार्थ किन सदनमा पेश हुन सकेन ? म प्रधानमन्त्रीज्यूलाई प्रश्न गर्न चाहन्छु–तपाईंको दुई तिहाई कता गायब भयो ?’

उनले अहिलेको सरकार ७ बुँदे सहमतिको जगमा बनेको भनिएको उल्लेख गर्दै ७ महिना व्यतित हुँदापनि चालु आर्थिक वर्षमा ७ खर्बपनि राजश्व संकलन गर्न नसकेकोमा पनि प्रश्न उठाए । उनले भने,‘यो सरकार आर्थिक रुपमा पूरा असफल भैसकेको छ । ७ महिना भयो, तर ७ खर्बपनि राजश्व संकलन गर्न सकेन, आँफैले लिएको लक्ष्य भेटाउन नसक्ने सरकार कसरी सफल हुन्छ ? कसरी देशको विकास हुन्छ ? पुँजीगत खर्चको त्यस्तै हाल बनाईएको छ, माघसम्म एक खर्ब १८ अर्ब ४० करोड खर्च गर्ने लक्ष्य राखेको यो सरकारले जम्मा ६८ अर्ब ४१ करोडमात्रै पुँजीगत खर्च गरेको छ ।’ भ्रष्टाचारले भव्यता मनाएको र सुशासन सुनसान बनेको भन्दै अहिलेको सरकारबाट विकास र समृद्धिको कल्पना गर्नसमेत नसकिने साहको आरोप छ ।

साहले अध्यादेश पारित गराउनको लागि सरकारले सांसद किनबेच गर्न लागेको गम्भीर कुरा बाहिरिएको भन्दै त्यसमा छानबिनको माग गरे । उनले सत्ता गठबन्धनमा रहेकै दल जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले लगाएको आरोपको सन्दर्भमा सरकारको भूमिकाको आलोचना गरेका हुन् ।

उनले भने,‘सरकार यति निर्लज्ज भएकै हो त ? अध्यादेश पारित नहुने भएपछि सांसद किनबेचमा लाग्ने ? यो गम्भीर अपराध हो । अहिलेको २१औं शताब्दीमा जनप्रतिनिधिलाई किन्ने भन्ने कुरा कत्तिको शोभनीय हुन्छ ? यति गम्भीर आरोप सार्वजनिक हुँदापनि सरकारमा भएकाहरुले अहिलेसम्म मुख खोलेका छैनन्, म सरकारको नेतृत्वकर्ता र सत्ता सहकार्यमा रहेको कांग्रेसजस्तो लोकतान्त्रिक पार्टी र यसका नेताहरुको जवाफ माग्दछु । आरोपमात्रै हो भने त्यसको पनि सत्यतथ्य बाहिर आओस, र जवाफदेहिता देखाईयोस ।’ उनले अहिले अध्यादेश सरकारको लागि गलपासो बनेको आरोप लगाए । साहले अहिलेको प्रधानमन्त्री ओलीबाट संसद, संविधान र सडक सुरक्षित नभएको आरोप लगाए ।

उनले नेपालको विदेश सम्बन्ध विस्तारै बिग्रिरहेको आरोप लगाए । भारत र चीनसँग सन्तुलित सम्बन्ध राखेर देशको लागि फाइदा लिनुपर्नेमा सरकारको अपरिपक्वताको कारण नेपालले लाभ लिन नसकेको टिप्पणी गरे । भारतसँगको सम्वाद टुटेको भन्दै साहले सरकारको आलोचना गरे ।

उनले भने,‘यो सरकारले भारतको भावना, चीनको चाहना र अमेरिकाको आकांक्षा बुझ्नुपर्छ । तर, व्यवहारमा त्यस्तो देखिएन । दुई तिहाईभन्दा बढि व्यापार घाटा भएको भारतसँग अहिलेको सरकारले सम्वादहीनको अवस्था बनाएको छ । प्रधानमन्त्रीले आफ्नो निहित स्वार्थमा नेपाली जनताको सपना चकनाचुर बनाउनुभएको छ । नेपाली जनताको संघर्ष र त्यागलाई व्यापार गरिरहनुभएको छ । नेपाली जनतालाई बर्वाद बनाउने संकल्प गर्नुभएको छ ।’

अहिले देशमा लोकतन्त्रको नाममा दलतन्त्र हाबी भएको आरोप लगाए । दलतन्त्रको नाममा पनि ठूला दल र ठूला नेताहरुको सिण्डिकेट लादिएको भन्दै साहले आक्रोश पोखे । देशमा कर आतंक मच्चाईएको भन्दै साहले आक्रोश पोखे । उनले देशको बर्वादीको यात्रा रोक्नको लागि नेपाली जनता तात्नुपर्नेमा जोड दिए । उनले कांग्रेसले प्रधानमन्त्री ओलीलाई काँधमा बोकेर हिँड्न नहुने सुझाव दिए । उनले कांग्रेस र एमालेको सरकार गठन भएदेखि देश ओरालो यात्रामा लागिरहेको टिप्पणी गरे ।

उनले सरकारले कर आतंक मच्चाएको तर जनतालाई कर तिरेबापत कुनै सेवा तथा सुविधा नदिएकोमा आक्रोश पोखे । उनले नेपाल सरकारले सञ्चालनमा ल्याएका उद्योगहरु घाटामा हुँदा सरकारले कुन मोरलले निजी क्षेत्रसँग कर लिन मिल्छ ? भन्दै प्रश्न गरे । उनले दलको आतंक रोक्नको लागि जनता अब सडकमा आउनुपर्ने आवश्यकत्ता औंल्याए ।