२७ मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएलको उपाधि सर्वपक्षीय सरकार बनाउनुपर्ने ओलीको प्रश्तावमा विप्लव सहमत एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य मरिसकेको संविधानलाई जबर्जस्ती ब्युँताउन खोज्नु देशलाई थप दुर्घटनामा लैजानु हो: अध्यक्ष लिङदेन विघटित प्रतिनिधिसभाको पुन:स्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेश एनपिएल उपाधि भिडन्त: सुदूरपश्चिमविरुद्ध कप्तान पौडेलको ह्याट्रिक एमालेलाई देव गुरुङको प्रश्तावः देश संकटमुक्त गराउन मिलेर अघि बढौं एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्पताल भर्ना भएका पोपको अवस्था स्थिर, अक्सिजनको सहायता जारी: भ्याटिकन



अ+ अ-

एजेन्सी । पोप फ्रान्सिसको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएको एक दिनपछि भ्याटिकनले सोमबार अस्पतालमा १७ औँ रात विताएको र उहाँले उपचारबाट आराम महशुस गरिरहेको जनाएको छ ।

अर्जेन्टिनामा जन्मनुभएका क्याथोलिक चर्चका प्रमुख पोपलाई ‘ब्रोन्काइटिस’का कारण फेब्रुअरी १४ मा रोमको जेमेली अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा उहाँलाई निमोनियासमेत देखिएको थियो ।

शुक्रबार श्वासप्रश्वासमा समस्या देखिएपछि सम्बन्धित उपचार भएको र शनिबार उहाँको अवस्था ‘स्थिर’ रहेको भ्याटिकनले बताएको छ ।

“पोपले रातभर आराम गर्नुभयो,” क्याथोलिक चर्च र भ्याटिकन सिटीको प्रशासनिक निकाय ९होली सी० ले सोमबार बिहान जारी गरेको संक्षिप्त अपडेटमा भनिएको छ।

विश्वका करिब एक अर्ब ४० करोड क्याथोलिक धर्मावलम्बीका नेतालाई शुक्रबार र शनिबार ‘नन इन्भेसिभ मेकानिकल भेन्टिलेसन’ अर्थात् भेन्टिलेसन मास्कको आवश्यकता परेको र अझै पनिधेरै मात्रामा अक्सिजन लिइरहेको भ्याटिकनले आइतबार जनाएको छ ।

उहाँलाई ज्वरो नआएको र आइतबार बिहान उहाँले सामूहिक जमघटमा भाग लिनुभएको थियो र बाँकी दिन प्रार्थनासँगै आराम गरिरहनुभएको थियो ।

भ्याटिकनस्रोतका अनुसार शुक्रबारको सङ्कटको ४८ घण्टा बितिसक्दा पनि यो घटनाबाट थप कुनै परिणाम नआएको देखिएको छ ।

यद्यपि, होली सीद्वारा जारी वक्तव्यमा भनिएको छ, “उहाँको स्वास्थ्यको रिपोर्टमा देखिएको जटिलतालाई ध्यानमा राख्दै उहाँको स्वास्थ्यमा सुधारसम्बन्धी केही निष्कर्ष निकालिहाल्न सम्भव छैन ।”

फ्रान्सिसले आइतबार भ्याटिकनका विदेशमन्त्री इटालियन कार्डिनल पिएत्रो पारोलिन र भेनेजुएलाका आर्कबिशप एडगर पेना पारासँग सामान्य कुराकानी गर्नुभएको थियो ।

मार्च २०१३ देखि पोप रहेका ‘जेसुइट’को जेमेलीको १० औं तल्लामा पोपका लागि छुट्याइएको विशेष ‘सुइट’मा उपचार भइरहेको छ ।

जर्ज बर्गोग्लियोमा जन्मेका फ्रान्सिसले लगातार तेस्रो आइतबार एन्जेलसको परम्परागत प्रार्थनामा सहभागी हुनुभएन तर प्रार्थनामा पोपद्वारा लिखित सन्देश पढेर सुनाइएको थियो ।

सन्देशमा पोपले प्रार्थनाका लागि शुभचिन्तकहरूलाई धन्यवाद दिँदै भन्नुभयएको छ, “म तपाईंहरूको सबै स्नेह र घनिष्ठता महसुस गर्छु र यस विशेष समयमा, मलाई लाग्छ कि मलाई सबै परमेश्वरका भक्तहरूले ‘बोकेका’ छन् र समर्थन गरेका छन्। तपाईँहरू सबैलाई धन्यवाद ।”