१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

ॐ हस्पिटल र नबिल बैंक बीच सहुलियत सेवा सम्झौता

ॐ हस्पिटल र नबिल बैंक बीच सहुलियत सेवा सम्झौता
अ अ+ अ-

काठमाडौं । काठमाडौंको चावहिलमा अवस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा।लि। र नबिल बैंक लिमिटेड बीच सहुलियत दरमा उपचार सेवा प्रदान गर्ने विषयमा सम्झौता भएको छ ।

नबिल बैंकको प्रधान कार्यालयमा विहिवार आयोजित एक संक्षिप्त कार्यक्रममा बैंकका ग्राहक कर्मचारी तथा परिवारजनलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सो सम्झौता भएको हो ।

सम्झौतापत्रमा ॐ अस्पतालका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महत र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले हस्ताक्षर गर्नुभएको छ ।  सम्झौता अनुसार अब नबिल बैंकका ग्राहक, कर्मचारी तथा परिवारजनले ॐ हस्पिटलमा उपलब्ध सम्पूर्ण सेवाहरुमा विशेष छुट पाउनेछन् ।

बैंकका ग्राहकले सो छुट बैंकको प्रिपेड, डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी अस्पतालको सेवाको बिल भुक्तानी गर्दा पाउन सक्नेछन् । त्यसैगरी नबिल बैंकले हस्पिटलका चिकित्साकर्मी तथा कर्मचारीहरुकालागि आफ्नो बैंकिङ सेवा सहज र सरल रुपमा उपलब्ध गराउने छ । 

नबिल बैंकले आफ्ना १३५ वटा शाखाबाट बैंकिङ सेवा प्रदान गरिरहेको छ । बैंकको देशभर १८७ वटा एटीएम सञ्चालनमा छन् । नेपालमा निजि क्षेत्रवाट सञ्चालित अग्रणि अस्पतालका रुपमा परिचित ॐ हस्पिटलले वि।सं। २०४६ सालदेखी निरन्तर रुपमा विशिष्टिकृत स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आएको छ ।

३६ वटा विभिन्न विभागहरु मार्फत १०० जना विशेषज्ञ चिकित्सक, २५० जना भन्दा बढि नर्सिङ स्टाफ तथा प्राविधिक तथा प्रशासनिक जनशक्ति २२५ जना भन्दा बढि कर्मचारीहरु सहितको विश्वस्तरिय उपचार सेवा प्रदान गर्दै आएको छ ।

विश्व स्तरिय उपचार सेवाकालागि गुणात्मक तथा सर्वसुलभ स्वास्थ्य उपचार सेवा उपलब्ध गराउँदै आएको तथा आधुनिक उपकरणहरु समेत उपलब्ध रहेको ॐ हस्पिटलमा एकै छानामुनी सबै किसिमका उपचार सेवा उपलब्ध रहेका छन् ।

नेपालमा सन्तान विहिन दम्पतिहरुकालागि आइभिएफ सेवा- (टेष्ट ट्युव बेबी) शुरु गर्ने पहिलो अस्पतालका रुपमा स्थापित यस अस्पतालबाट एक हजार भन्दा बढी दम्पतिहरुले वात्शल्य सुख प्राप्त गरिससकेका छन् ।

पछिल्लो पटक ॐ अस्पताल सघन उपचारको सुलभ र सहज गन्तव्यका रुपमा समेत परिचय बनाउन सफल भएको छ । क्रिटिकल केयर मेडिसिनमा डिएम गरेका विशेषज्ञ चिकित्सक तथा सघन उपचार नर्सिङमा विशेष तालिम प्राप्त नर्सिङ स्टाफहरुको संलग्नतामा उपचार सेवा प्रदान गरिने यस अस्पतालमा २० शैय्या सहितको लेभल थ्री आइसियू सेवा सञ्चालनमा रहेको छ ।

इमर्जेन्सि मेडिसिनमा डिएम गर्नुभएका विशेषज्ञ चिकित्सकको नेतृत्वमा आकस्मिक उपचार सेवा उपलब्ध रहेको छ । जसले इएमएस भ्यान सहित पेसेन्ट ट्रान्सफर तथा हवाई एम्बुलेन्स (मेडिकल हेली रेस्क्यु) सेवा समेत सञ्चालनमा रहेको छ ।

ॐ हस्पिटलले पछिल्लो समयमा कोभिड १९ को महामारीको विशेष परिस्थितिलाई मध्येनजर गरी छुट्टै कोभिड इमर्जेन्सी सेवा, अलग्गै कोभिड आइसोलेशन वार्ड तथा कोभिड आइसियू समेत सञ्चालन गरेको छ । जस अन्तर्गत हजारौं कोभिड संक्रमितले उपचार पाइसकेका छन् । त्यसैगरी आगामी दिनमा आउनसक्ने नयाँ लहरहरुमा पनि पूर्ववत रुपमा सेवा प्रदान गर्ने प्रतिवद्धता अस्पतालले गरेको छ ।